इलाम । इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली काग्रेसका मनोहरि खड्का बिजयी भएका छन् । नेकपा एमालेबाट उम्मेद्वार मनोज खड्कालाई १ सय २२ मतले उछिन्दै उनी बिजयी भएका हुन् । मनोहरिले ६ सय १० मत पाउदा मनोजले ४ सय ८८ मत पाएका छन् ।
अन्य सदस्यमा एमालेकी दलित महिला उम्मेद्वार लक्ष्मी नेपाली बाहेक सबै पद नेपाली काग्रेसले हात पारेको छ । वडा सदस्यमा नेपाली काग्रेसको उम्मेद्वारहरु मनमाया राई, रेशबहादुर राई र हेमु थापा बिजयी भएका हुन् ।
त्यसैगरी वडा नम्बर १ को मत गणना सकिदा गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार सुवास तामाङको २ सय १३ मतको अग्रता आएको छ । एमालेको मेहरमान तामाङले ४ सय ८४ मत ल्याउदा नेपाली काग्रेसका सुवास तामाङले ६ सय ९७ मत पाएका हुन् । त्यस्तै उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसको अग्रता रहेको छ ।
एमालेको उम्मेद्वार बिष्णु खवास भन्दा नेपाली काग्रेसको कल्पना खनाल भण्डारीले ५१ मत बढी पाएकी छन् । । कल्पनाले ६ सय ११ मत र बिष्णुले ५ सय ६० मत पाएको विवरण प्राप्त भएको छ ।