Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिका–१० मा एमालेको प्यानल बिजयी

माई नगरपालिका–१० मा एमालेको प्यानल बिजयी

  • लोकल सन्देश
  • शनिबार, बैशाख ३१ २०७९


माई नगरपालिका–१० मा एमालेको प्यानल बिजयी

माई । इलामको माई नगरपालिका वडा नम्बर १० मा नेकपा एमालेका अध्यक्ष गणेश राई सहित प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा गणेश राईले ६५८ मत सहित विजय हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राम बहादुर आले मगर ५२४ मत प्राप्त गरेका छन् । राप्रपाका इन्द्र कुमार तिम्सीनाले ५मा मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यमा एमालेकै कृष्ण कुमारी थापा ६५९ मत ल्याई बिजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकाकी दुर्गा देवी मगरले ४४६ मत पाएकी थिइन् । राप्रपाकी रिता राई भने ३३ मत पाएकी छन्। दलित महिला सदस्यमा एमालेका गीता देबी गदाईलीले ६५२ मत प्राप्त गरि विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी निर्मला वरालले २८७ मत प्राप्त गरेकी छन् ।

खुला सदस्य, एमालेका राजकुमार गडतौला ६२७ मत र मोहन कुमार मगर ५९८ मत ल्याउदै विजयी बन्दा नेकाका भक्त बहादुर कटेलले ४७२ मत, नेकपा माओबादी केन्द्र सागर राई ४०४, राप्रपाका दिलबहादुर थापाको ४० र तेज बहादुर खतिवडाले ४३ मत प्राप्त गरेका थिए ।

यता माई नगरपालिकामा मेयर तर्फ खम्वसिंह लिम्वू – नेकपा एमाले १०६२, धनकुमार लिम्वू – नेकपा माओवादी केन्द्र (गठबन्धन) ६२३, लालवहादुर थापा – राष्ट्रिय प्रजातन्त्र पार्टी ३९ र मंगोल नेशनल अर्गनाइजेशनका चन्द्र कुमार फागो लिम्बुले १ मत प्राप्त गरेका छन् । उपमेयर तर्फ हिमा भण्डारी नेकपा एमाले १०३६, हेमवहादुर लिम्वु नेपाली कांग्रेस ७९१ मत प्राप्त रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार