Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फुएतप्पामा गठबन्धको घरदैलो तिव्र

फुएतप्पामा गठबन्धको घरदैलो तिव्र

  • लिला सुब्बा
  • सोमबार, बैशाख १९ २०७९


फुएतप्पामा गठबन्धको घरदैलो तिव्र

फाकफोकथुम । इलामको फाकफोकथुम–४ फुएतप्पामा चार दलीय गठबन्धनले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय लिम्बुवान राष्ट्रिय मञ्च र एकिकृत समाजवादीले स्थानीय निर्वाचनमा आफ्ना उमेरद्वारहरूलाई जिताउन घरदैलो कार्यक्रम तिब्र बनाएका छन् ।

गठबन्धनका अध्यक्ष उम्मेदवार नेपाली कांग्रेसका अदक्ष्य डिक बहादुर थापा, उपाध्यक्ष नेकपा माओवादी केन्द्रका कुल बहादुर राई( केबि बान्तवा) सहित वडा चारका गठबन्धनका तर्फ नेपाली कांग्रेसका वडाध्यक्ष पदम बहादुर दर्लामी मगर, सदस्यहरू गलेन्द्र लिम्बु,फुर्सद लिम्बु,दिल माया राई र दलित ,सदस्य इन्द्र कला कामी लगायत टिमहरूले घर दैलो भेटघाट तिब्रता दिएको छन ।

भेटघाट तथा कोण सभामा समृद्ध वडा बनाउन सबैभन्दा पहिले चुनाबमा बिजय भएको खण्डमा भ्रष्टाचार नियन्त्रण गर्ने, सबै पार्टीका जनताहरूलाई हेर्ने दृष्टिकोण एउटै राख्ने , बिकाशको सवालमा सबै टोलमा जनताहरूको आवश्यकता माग अनुसार बजेट बिनियोजन गरेर उपोभोक्ता समितीमा समान ब्यवहार गर्ने र बिगतको निर्वाचित सदस्यहरूको एकतन्त्रीय ब्यवहार मुक्त गर्ने वडा चारका जनताहरूलाई प्रतिबद्धता गरेका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका थुम उपाध्यक्ष केबि बान्तवा राईले फाकफोकथुम लाई समृद्ध बनाउन सबैभन्दा पहिले आफूले खानेपानी, बिजुली कृषि र,शिक्षालाई प्राथमिकता राख्ने प्रतिबद्धता जाहेर गरे । अध्यक्ष थापाले घरदैलोमा तथा कोण सभामा बिजयी भएमा आफुले कुनै सेवा सुविधा नलिइ सेवा बापत आएको रकम गरिब जनताहरूको लागि स्वास्थ्य र शिक्षामा लगानि गर्ने प्रतिवद्धता जाहेर गरे ।

उनले सरकारी सेवा सुविधा गाडीहरू कुनै नलिने र निजी गाडी प्रयोग गर्दै कृषिमा आत्मनिर्भरको लागि कृषि कार्यक्रम ल्याउने , पशुपालनको लागि आधुनिक एआइ प्रविधि कृषकहरूलाई क्रमश बितरण गर्ने र गाउँपालिका आवतजावत सहज हुन प्रत्येक वडा देखि गाउँ पालिकासम्म बाटो ग्रावेल सडक बनाउने बताए ।

कोण सभाको अन्त्यमा गठबन्धनको तर्फबाट संघिय लिम्बुवान राष्ट्रिय मञ्च प्रान्तीय सदस्य दिपक लिम्बु, नेकपा–माओवादीका प्रदेश एकका सदस्य रूप नारायण अधिकारी,नेपाली कांग्रेसको जिल्ला कमिटी सदस्य डाला कुमारी विष्ट र लक्ष्मण पाण्डे लगायत बक्ताहरूले आ आफ्ना धारणा राखेका थिए ।

वडा नं ४ मा चार दलीय गठबन्धन भएपनि ३ दलले मात्र उम्मेदवार उठाएका छन् । नेकपा एसले गठबन्धनको सहयोगका लागि उम्मेदवारी दिएको छैन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार