Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपालमा करिब १७ हजार हेक्टरमा चिया खेती

नेपालमा करिब १७ हजार हेक्टरमा चिया खेती

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख १५ २०७९


नेपालमा करिब १७ हजार हेक्टरमा चिया खेती

इलाम । नेपालमा सोह्र हजार नौ सय १७ हेक्टर जमिनमा चिया खेती गरिएको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २६ औं राष्ट्रिय चिया दिवसको अवसर पारेर काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो।

त्यस अवसरमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा। विष्णुप्रसाद भट्टराईले पछिल्लो एक वर्षको अवधिमा चिया निर्यात गरेर दोब्बर विदेशी मुद्रा नेपालमा भित्र्याउन सफल भएको दाबी गरे। उनले भने, ‘आ।व. २०७६/०७७ मा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको चिया निर्यात भएकोमा आ.व २०७७/०७८ मा ३ अर्व ७९ करोड ७१ लाख रुपैयाँ बराबरको चिया निर्यात गर्न सफल भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

करिव एक वर्षको अवधिमा दोब्बर विदेशी मुद्रा चिया निर्यातबाट भित्र्याइएको तथ्यांकमा देखियो। यसले के देखाउँछ भने सरकारले लगानी बढाउने हो भने अवको ३ वर्ष भित्र चिया निर्यातबाट मात्रै वार्षिक १२ अर्ब विदेशी मुद्रा भित्र्याउन सकिन्छ।’

बोर्डले यस वर्षको चिया दिवसको नारा ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार, चियाको निर्यात आर्थिक समृद्धिको आधार।’ भन्ने तय गरेको छ।कार्यकारी निर्देशक भट्टराईले चियामा लगानी बढाउन सकिए त्यसलाई मुलुकको आर्थिक समृद्धिको आधार बनाउन सकिने पनि स्पष्ट पारे।

बोर्डले हरेक वर्षको बैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ। नेपालमा १६ हजार भन्दा बढी चिया कृषक र ६० हजार भन्दा बढी यसका श्रमिकहरु संलग्न रहेको बोर्डको भनाई छ।

प्रतिक्रिया
सम्बन्धित समाचार