सन्दकपुर । दाेश्राे संस्करणको सन्दकपुर गाेल्डकपकाे उपाधि जनता सेभेन सूर्याेदय नगरपालिकाले रक्षा गरेकाे छ । उपाधि भिडन्तमा रेडहर्ष फुटबल क्लबलाई सडनडेथमा हराउदै जनताले उपाधि रक्षा गरेकाे हाे ।
२-० गाेल अन्तरकाे अग्रता जाेगाउन नसक्दा रेडहर्षले उपाधि जित्न असफल भएकाे हाे । पहिलाे हाफकाे २४ अाै मिनेटमा सन्देश खवासले रेडहर्षलाई सुरूवाती अग्रता लिएकाे थियाे । दाेश्राे हाफमा कप्तान मनिष थापाले अग्रता दाेब्बर बनाए । दाेश्राे हाफकाे १६ मिनेटमा विशाल बस्नेत दाेहाेराे पहेलाे कार्ड पाएर मैदान बाहिरिएपछि रेडहर्ष ८ खेलाडीमा सिमित बनेकाे थियाे ।
८ खेलाडीमा सिमित भएकाे फाइदा उठाउदै २९ आै मिनेटमा निङ्मा गुरूङ र इन्जुरी समयमा हिसुब थपलियाले गाेल गरे । विजेता जनताले १ लाख १ हजार १ सय ११ र उपविजेता रेडहर्षले ५५ हजार ५ सय ५५ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे
जनतालाई उपाधि दिलाउन गाेलरक्षक सुजन लिम्बू नायक बने । उनले रेडहर्षकाे ३ वटा पेनाल्टी सुटआउट बचाएका थिए । उनी खेलकाे म्यान अफ दि म्याच र सर्वाेत्कृष्ट गाेलरक्षक घाेषित भए ।
प्रतियोगिताकाे सर्वाधिक गाेलकर्ता मनिष थापा र डिफेन्डर सिमान्त थापा मगर घाेषित भए । प्रतियोगिताकाे उदियमान खेलाडी सन्दकपुर एफसीका सुमन धमला घाेषित भए । उनीहरूले नगद र मेडल प्राप्त गरे ।
देउराली स्पाेर्टिङ क्लबका अध्यक्ष लिला बुर्जाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईकाे प्रमख आतिथ्यता तथा उपाध्यक्ष शाेभा पराजुली र प्रमुख प्रशासकीय अधिकृत महेश राईकाे विशेष आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि राईले सन्दकपुरले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताए ।
उनले आगामी बर्ष ए डिभिजनकाे क्लबलाई समेत सहभागी गराउन गाउँपालिका तयार रहेकाे बताए । कार्यक्रममा अतिथि वडा नं २ का वडाध्यक्ष गिरिराज खनालले गाउँपालिकाले खेलकुद पुर्वाधारलाई प्राथमिकता दिने बताए । उनले सबै खेललाई प्राथमिकता दिनका लागि कभर्डहल र खेलमैदान निर्माण गरिरहेकाे बताए ।
प्रतियोगिता सफल बनाउन सहयाेगदाताहरूलाई सम्मान समेत गरिएकाे छ । चैत्र २५ गतेबाट जारी प्रतियोगितामा इलाम, झापा, माेरङका ८ टिमकाे सहभागिता रहेकाे थियाे ।