फिक्कल । पर्यटन पूर्वाधार निर्माण गरि पर्यटन प्रवद्र्धनका काममा १ नम्बर प्रदेश सरकार प्रतिवद्ध रहेको पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले बताएकी छन् । सूर्योदय होटल व्यवसायी संघ र आयम यूनाइटेड क्लब फिक्कलको संयुक्त आयोजनामा नयाँ वर्षसँगै शुरु भएको तेस्रो सूर्योदय सडक महोत्सव २०७९ को उद्घाटन गर्दै पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बूले इलाममा पर्यटकीयस्थलल हरु धेरै रहेकाले पूर्वाधार निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताएकी हुन् । कोभिड – १९ ले थलिएको पर्यटन क्षेत्रलाई उकास्न, पर्यटन प्रवर्द्धन र विकासका लागि प्रदेश सरकार र आफ्नो मन्त्रालय योजनाबद्ध तरिकाले अघि बढ्ने बताइन् ।
आगामि आर्थिक वर्षको बजेटमा पर्यटन व्यवसाय उकास्न आवश्यक योजनाहरु समावेस हुने भन्दै मन्त्री लङ्वाले भनिन्– पर्यटन पूर्वाधार निर्माण गरि नयाँ पर्यटकीय गन्तव्यहरु थप्ने र देश विदेशका पर्यटकहरु पुर्याउने काममा प्रदेश सरकार लागी परेको छ । सर्वोच्च शिखर सगरमाथादेखि इलामको सन्दकपूर, ताप्लेजुङको कंचनजङ्घास्था क्षेत्र देश विदेशका हजारौँ पर्यटक पुग्ने स्थान भएकाले प्रदेश सरकारले पर्यटकीय पूर्वाधार निर्माणको कामलाई प्राथमिकता दिएको बताइन् ।
