काठमाडौँ । इलामर्की सहकारी अभियन्ता बिष्णु दहाल लिम्म्बु काठमाडौँमा सम्मानित हुनु भएको छ । सहकारीमार्फत इलामवासीको उन्नति र प्रगतिमा लाग्नु भएको भन्दै बिष्णु दहाल लिम्बूलाई सम्मानित गरिएको हो । दहाललाई पाँचतारा बचत तथा ऋण सहकारी संस्था काठमाडौंले सम्मान गरेको हो ।
जिल्ला सहकारी संघकी अध्यक्ष समेत भएकी बिष्णु दाहाललाई सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सम्मान पत्र हस्तान्तरण गरिन् ।
