Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर गाेल्डकप : उपाधिकाे लागि रेडहर्ष र जनता सेभेन भिड्ने

सन्दकपुर गाेल्डकप : उपाधिकाे लागि रेडहर्ष र जनता सेभेन भिड्ने

  • किरण राई
  • मंगलबार, चैत्र २९ २०७८


सन्दकपुर गाेल्डकप : उपाधिकाे लागि रेडहर्ष र जनता सेभेन भिड्ने

सन्दकपुर । दाेश्राे सन्दकपुर गाेल्डकपकाे उपाधिकाे लागि रेडहर्ष इलाम र जनता सेभेन सूर्याेदय नगरपालिका बिच प्रतिस्पर्धा हुने भएकाे छ । आज सम्पन्न सेमिफाइनल खेलमा विजयी बन्दै रेडहर्ष र जनताले उपाधिकाे लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।
पहिलाे सेमिफाइनलमा कप्तान मनिष थापा निर्णायक बन्दा नव प्रतिभा युवा क्लब माेरङलाई हराउदै रेडहर्षले फाइनलमा स्थान बनाएकाे हाे । त्यसै गरि सतासीधाम स्पाेर्टिङ क्लबलाई सडनडेथमा हराउद‌ै डिफेन्डिङ च्याम्पियन  जनता सेभेनले फाइनलमा स्थान बनाएकाे हाे । अजय राई टाइब्रेकर प्रहारमा चुक्दा सतासी फाइनल पुग्न चुक्याे ।
सतासीले पहिलाे हाफमा २-० गाेल अन्तरकाे बनाएकाे थियाे । खेलकाे १६ अाै मिनेटमा प्रशान्त राईकाे गाेलबाट सतासीले अग्रता बनाएकाे थियाे । २४ अाै मिनेटमा देव मल्लिकले पेनाल्टी मार्फत अग्रता दाेब्बर बनाए । पहिलाे हाफमा २-० ले पछि परेको जनताकाे लागि आशिष राईले कम्ब्याक गर्दै २ गाेल गरे ।
आगामी बैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा इलाम, झापा र मोरङको ८ टिमको सहभागिता रहेको छ । विजेताले नगद १ लाख १ हजार १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ । प्रतियोगितालाई सन्दकपुर गाउँपालिकाले मुख्य सहयोग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार