Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

साखेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई

साखेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र १३ २०७८


साखेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई

इलाम । डिफेन्डिङ च्याम्पियन रेडहर्ष फुटबल क्लबले दोश्रो साखेजुङ गोल्डकपको उपाधि रक्षा गरेको छ । इलाम नगरपालिका–१ साखेजुङमा आयोजित प्रतियोगितामा पशुपतिनगरलाई २–१ गोल अन्तरले हराउँदै रेडहर्षले उपाधि रक्षा गरेको हो । खेलको सुरुवाती अग्रता रेडहर्षले लिएको थियो ।

पहिलो हाफको ७ औ मिनेटमा विनोद धमलाले अग्रता दिलाएका थिए । दोश्रो हाफको ५ औ मिनेटमा सुमन धमलाले अग्रता दोब्बर बनाए । दोश्रो हाफकै २८ औ मिनेटमा दिवस खापुङले पशुपतिनगरको लागि सान्तवाना गोल फर्काए । खेलमा दुवै टिमले केही राम्रा अवसरहरु बनाएपनि सदुपयोग गर्न सकेनन् । विजेता बनेको रेडहर्षले नगद १ लाख ११ हजार १ सय ११ रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल रहयो ।

विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभाका सदस्य गोपालकुमार बस्नेतले पुरस्कार प्रदान गरेका थिए । उपविजेता बनेको पशुपतिनगरलाई नगद ७० हजार २ सय २२ सहित शिल्ड, मेडल र प्रमाणपत्र वडाध्यक्ष अम्बिका गौतमले प्रदान गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी रेडहर्षका गोलरक्षक सौरभ सुवदी घोषित हुँदै नगद ५ हजार प्राप्त गरे । उनलाई झापा गोल्डकपका अध्यक्ष एवम युवा व्यवसायी विनोद बस्नेतले नगद र ट्रफी प्रदान गरे ।

४ गोल गर्दै सर्वाधिक गोलकर्ता घोषित भएका पशुपतिनगरका शेखर राईलाई नगद र ट्रफी माईभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले प्रदान गरे । खेलको म्यान अफ दि म्याच पशुपतिनगरकै सचिन योल्मो घोषित भए । उनलाई इलाम नगर खेलकुद विकास समितिका अध्यक्ष विनोद श्रेष्ठले नगद र ट्रफी प्रदान गरे । प्रतियोगिताको समापन कार्यक्रममा खेलकुद विकासका लागि योगदान गर्नेहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले सरकार र व्यक्तिगत तवरवाट यस क्षेत्रको विकासमा सहयोगको प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो पुख्यौली थलो भएको कारण साखेजुङ क्षेत्रको चौतफी विकास हेर्न चाहेको बताए । बस्नेतले तेश्रो संस्करणको प्रतियोगितामा आफुबाट सक्ने सहयोगको लागि तयार रहेको समेत बताए ।

झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले खेलकुद क्षेत्रलाई राजनितिबाट माथि उठाउनुपर्ने बताए । उनले व्यक्तिगत तर्फबाट र झापा गोल्डकपको तर्फबाट साखेजुङको खेलकुद विकासका लागि आर्थिक र प्राविधिक सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरे । वडाध्यक्ष गौतमले वडाको तर्फबाट विगतबाट नै खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको बताए ।

साखेजुङ खेलकुद विकास समितिका अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार