Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मातृभाषा जगेर्ना गर्न सूर्योदयमा प्रथम बहुभाषिक कवि गोष्ठी

मातृभाषा जगेर्ना गर्न सूर्योदयमा प्रथम बहुभाषिक कवि गोष्ठी

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र १२ २०७८


मातृभाषा जगेर्ना गर्न सूर्योदयमा प्रथम बहुभाषिक कवि गोष्ठी

फिक्कल । इलामको सूर्योदय नगरपालिकाले मातृ भाषा संरक्षणको लागि साहित्यिक कार्यक्रम आयोजना गरेको छ । पछिल्लो समय युवा पुस्तामा मातृभाषा प्रेम हराउँदै जान थालेपछि सूर्योदयले प्रथम बहुभाषिक कवि गोष्ठी आयोजना गर्दै विभिन्न भाषामा रचनाहरु एउटै मञ्चबाट सुनाउने अवसर दिएकाे हाे ।

नगरपालिकाकाले सभाहलमा उपस्थित भएका श्रष्टाहरुले मातृभाषामा १४ वटा र नेपाली भाषामा १५ वटा कविता सुनाए । सहभागिहरुले आफ्नो मौलिक भाषाको माध्यबाट कविता सुनाउन पाउँदा गर्व महसुस गरेको बताएका थिए । कतिपयले पहिलो पटक आफ्नो भाषामा कविता सुनाउँन पाउँदा डर र उत्साह समेत पाएको बताएका थिए ।

आफ्नै भाषा र लिपिमा रहेर कविता लेख्न पाउँदा उत्साहित थिए । नगर साहित्य कला तथा संगीत प्रतिष्ठानको अयोजना र नविन साहित्य प्रतिष्ठानको संयोजनमा राई भित्रको वान्तवा, उम्बुले, लोरुहाङ, मेवाहाङ सहित तामाङ, शेपा, गुरुङ, थामी, मगर, लेप्चा भाषाका कविताहरु श्रष्टाहरुले आफ्नै लयमा सुनाए । भाषिक आदानप्रदानको उद्धेश्य सहित आयोजित कार्यक्रममा श्रष्टाहरुले आफ्नो भाषाको रचनालाई नेपालीमा समेत उल्था गरे ।

नगर साहित्य कला तथा संगीत प्रतिष्ठानकी अध्यक्ष एवं नगर उपप्रमुख दुर्गादेवी भट्टराईको अध्यक्षता एवम नगरप्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामा, वडा नं ३ का होम कार्की, वडा नं १२ का डोलेन्द्र भारद्धज, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तारा शेर्पा, गणेश रसिक फाउन्डेसनका अध्यक्ष भुवन ढुङ्गाना, सूर्योदय सामाजिक प्रतिष्ठानका अध्यक्ष धनकुमार तामाङ्ग लगायतको आतिथ्यता रहेको थियो ।

नविन साहित्य प्रतिष्ठानका सदस्य उमानाथ गड्तौलाले स्वागत मन्तब्य राखेको कार्यक्रममा नगर शिक्षा शाखाका प्रमुख योगनिधी भट्टराईले कविताको समिक्षात्मक टिप्पणी गरेका थिए । कविताको माध्ययमबाट मातृभाषाको संरक्षण र महत्व दर्शाउने प्रयास भएका छन् । समाजका विकृती र विसंगतिका विरुद्ध ससक्त आवाज उठाइएका छन् ।

भाषा भाषि संरक्षणको सन्देश समेत कविताको माध्यमबाट प्रवाह गरिएको छ । राजनितीक बेथिती र त्यसले समाजलाई पुर्याएको असर सम्बन्धमा कविताको माध्यमबाट व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी राईले कार्यक्रमले समाजमा आफ्नो मातृभाषाप्रति गर्ब गर्ने वातावरण बनेको बताए । उनले अन्य देशको भाषाको नक्कल गर्दा नेपाली भाषा विकृत र अन्य मातृभाषा लोप हुने अवस्थामा पुगेको बताएका छन् । नगरले भाषा संस्कृतिको संरक्षणमा सक्दो सहयोग गर्दै आएको उनले बताए ।

प्रथम बहुभाषिक कवि गोष्ठी आगामी बर्ष देखि कम्तीमा जिल्ला स्तरिय बनाइने साहित्य प्रतिष्ठानकी अध्यक्ष एवम नगर उपप्रमुख दुर्गादेवी भट्टराईले बताइन् । मातृभाषा तथा साहित्यको विकासलाई स्तरीकरण गर्ने स्थितिमा पु¥याउन सबै सचेत हुन उनले आग्रह गरिन् । कार्यक्रमको संचालन नविन साहित्य प्रतिष्ठानका अध्यक्ष सुवास राईले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार