Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

करसोङ पदमार्गको उद्घाटन चैत्र १३ गते हुँदै

करसोङ पदमार्गको उद्घाटन चैत्र १३ गते हुँदै

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र ११ २०७८


करसोङ पदमार्गको उद्घाटन चैत्र १३ गते हुँदै

रोङ : इलामको रोङ गाउँपालिकामा रहेको पर्यटकीय गन्तव्य करसोङ पदमार्ग आगामी चैत्र १३ गते उद्धघाटन गरिने भएको छ । रोङ गाउँपालिका–३ हाँसपोखरीबाट वडा नं ६ को मेचीखोलासम्म २९ किलोमिटर पदमार्ग आइतबारबाट पर्यटकहरुको लागि खुल्ला गरिने भएको हो ।

एउटै करिडोरबाट हिमाल पहाड तराईको दृश्यावलोकनसंगै लोपोन्मुख सुनाखरी वन, सुर्योदय र सुर्यास्तको अवलोकन गर्न सकिने गाउँपालिका अध्यक्ष शम्शेर राईले बताए । जैविक विविधताले महत्वपुर्ण करसोङ क्षेत्रमा साइक्लिङ्ग गर्न चाहनेहरुको लागि उत्तम गन्तव्य हो ।

आइतबार बिहान १० बजे रोङ–३ को हाँसपोखरीमा उद्घघाटन गरि गुगल पिङडाँडा, दैले हल्लने काउले हुदै रोङ ६ मा रहेको झण्डीडाँडामा औपचारिक कार्यक्रम बिभिन्न झाकीहरु सांस्कृतिक र मनोरञ्जनात्क कार्यक्रम गरि समापन गरिने वडाध्यक्ष मणिकुमार स्याङ्वो सुवासले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार