सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकामा आगामी चैत्र २५ गतेबाट दोश्रो आमन्त्रित सन्दकपुर गोल्डकप आयोजना हुने भएको छ । देउराली स्र्पोटिङ क्लबको आयोजनामा बैशाख १ गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो ।
वडा नं ३ को सातखाल्डे शहिद खेलमैदानमा आयोजना हुने प्रतियोगितामा इलाम,झापा, मोरङ र सुनसरीका ८ टोलीको प्रतिस्पर्धा हुन भएको हो । प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय र उपविजेताले ५० हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष लिला बुर्जाले जानकारी दिए ।

आयोजक सन्दकपुर एफसीसंगै एपिएफ पकली, नव प्रतिभा युवा क्ल्ब मोरङ, शिवसतासी युथ क्लब झापा, बुटाबारी युनाइटेड झापा, जनता सेभेन सूर्योदय नगरपालिका, रेडहर्ष इलाम र ज्यामिरगढी झापाले सहभागिता जनाउने भएका हुन् । प्रतियोगिताको व्यक्तिगत विधामा म्यान अफ दि म्याच, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई नगद सहित पुरस्कृत गरिनेछ ।
सन्दकपुर गाउँपालिकाको आर्थिक सहयोगमा संचालन हुने प्रतियोगिताका लागि अनुमानित १० लाख खर्च हुने जनाइएको छ ।