Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मौसमी कामदार छनौट बारेमा आन्दोलनरत पक्ष र फाकफोकथुम गाउँपालिका बिच सहमती

मौसमी कामदार छनौट बारेमा आन्दोलनरत पक्ष र फाकफोकथुम गाउँपालिका बिच सहमती

  • लिला सुब्बा
  • सोमबार, चैत्र ७ २०७८


मौसमी कामदार छनौट बारेमा आन्दोलनरत पक्ष र फाकफोकथुम गाउँपालिका बिच सहमती

फाकफोकथुम । दक्षिण कोरियामा मौसमी कामदार लागि गरेको छनौटको बारेमा फाकफोथुम गाउँपालिका र आन्दोलित युवाहरु विच सहमती भएको छ । इलाका प्रहरी कार्यालय मंगलबारेको रोहवरमा दुवै पक्षविच तत्काल कामदार छनौट प्रक्रिया रोकेर समाधान निकाल्ने छलफल भएको हो । गाउँपालिका उपाध्यक्ष सरस्वती राई, वडाध्यक्ष, कार्यपालिका सदस्यहरु र असन्तुष्ट पक्षमा प्रतिनिधिहरु बिच चैत्र ८ गते समाधान खोज्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय मार्फत गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठलाई झिकाएर समस्याको समाधान गरिने बताइएको छ । निर्णयमा भनिएको छ ‘ गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ गत २०७८÷११÷२७ बाट गाउँपालिका बाहिर रहनुभई उक्त मौसमी कामदार कोरिया पठाउने प्रक्रिया अघि बढिरहेकाले यस कार्यलाई तत्काल रोक्न उपाध्यक्ष सरस्वती राईको अगुवाईमा प्रमुख प्रशासकिय अधिकृत शिवनाथ यादव, वडाध्यक्षहरु डिक बहादुर थापा, याम बहादुर खत्री, राजन पौडेल, संदिप आले लगायत कार्यपालिका सदस्यहरु भोली मिति २०७८÷१२÷०८ गते जिल्ला प्रशासन कार्यालय इलाम गई जिल्ला प्रमुख अधिकारी ज्यू मार्फत अध्यक्ष रामकुमार श्रेष्ठलाई झिकाई छलफल र वार्ताको माध्यमबाट समस्य समाधान गर्न तत्काल कामदार छनौट प्रक्रिया रोक्ने निर्णय गरियो । ’

इलामको फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको एन्जे काउन्टी नगरपालिका बिच गत पौषमा द्विपक्षिय सहयोग आदान–प्रदान गर्दै भागिनी सम्बन्ध कायम भएको थियो । सम्झौता अनुसार गाउँपालिकाका बेरोजगार युबाहरु दक्षिण कोरियाको एन्जे काउन्टी नगरपालिकामा कृषि कामदारको रुपमा जान पाउने जनाइएको थियो ।

सोही अनुसार कामदार छनौटमा नातावाद कृपावाद भएको भन्दै स्थानीय युवाहरु आन्दोलित भएका थिए । उनीहरुले स्थानीय नागरिकहरुबाट निवेदन लिएपनि मापदण्ड पुरा नगरी बन्द कोठामा मनोमानी ढंगबाट नजिकका मान्छे छानेको भन्दै विगत केही दिन देखि गाउँपालिका कार्यालय घेराउ गरेर नाराबाजी गर्दै आएका थिए ।

छलफलमा गाउँपालिकाको तर्फबाट उपाध्यक्ष राईसंगै प्रमुख प्रशासकिय अधिकृत यादव, वडाध्यक्षहरु यामबहादुर खत्री पौडेल, डिक बहादुर थापा, राजन पौडेल, सुदिप आले, कार्यपालिका सदस्य लक्ष्मीमाया गुरुङ र कल्पना राई सहभागि थिए । आन्दोलनरत पक्षहरुबाट विभिन्न वडाबाट १० जना सहभागि थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार