सन्दकपूर । इलामको सन्दकपुर गाउँ पालिकामा होमस्टे घरबास महासँघ नेपालको अध्यक्षमा जीवन सिवा निर्वाचित भएका छन् । सन्दकपूर गाउँपालिका अध्यक्ष उदय बहादुर राईको प्रमुख आथित्यता र उपाध्यक्ष सोभा पराजुलिको विशेष आथित्यतामा भएको उपाध्यक्षमा विदुर राई र सचिवमा एलिजा राई निर्वाचित भएका हुन् । ६० परिवारमा होमस्टे संचालन रहेको सन्दकपूर गाउँपालिकाको पोहिलो पटक गठन भएको महासंघको सह सचिवमा लाक्पा साङ्गे सेर्पा, कोपाध्यक्षमा साङ्गे सेर्पा चयन भएका छन् । यस्तै सदस्यहरुमा तुलसा गिरी, खिनमाया राई, पर्सुराम गुरुङ्ग, अचुत रिजाल चयन भएका छन् ।

घरबास महासंघ नेपालको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष उदय राईले घरबास कार्यक्रम ग्रामीण पर्यटनको विकासमा सहयोग पुग्ने भएकाले संस्थागत तरिकाले अघि बढ्नुपर्ने बताए । कार्यक्रममा पुग्दै पालिका उपाध्यक्ष शोभा पराजुलीले होमस्टे संचालनका क्षमता विकासमा गाउँपालिकाले सहयोग गर्ने बताइन् । कार्यक्रमको संयोजन माईपोखरी देउराली सामुदायीक होमस्टेले गरेको थियो । होमस्टेको माध्यमबाट ग्रामीण पर्यटन प्रवद्र्धन गर्दै इलामका पर्यटकीयस्थलमा पर्यटक पुर्याउने उदेश्यले होमस्टेहरुको संस्थागत रुपमा विकास गर्दै लाने योजना रहेको माईपोखरी देउराली सामुदायीक होमस्टेकी पूर्व अध्यक्ष लिलादेवी भट्टराईले बताइन् ।
पू