Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

झापा गोल्डकप :आर्मीलाई उपाधिमा ह्रयाट्रिक

झापा गोल्डकप :आर्मीलाई उपाधिमा ह्रयाट्रिक

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन ३० २०७८


झापा गोल्डकप :आर्मीलाई उपाधिमा ह्रयाट्रिक

झापा गोल्डकपको उपधिमा विभागिय टोली त्रिभुवन आमीले ह्रयाट्रिक गरेको छ । झापाको विर्तामोड स्थित डोमलाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा चिरप्रतिद्धन्द्धी झापा–११ लाई २–१ गोल अन्तरले हराउँदै लगातार तेश्रो पटक उपाधि जितेको हो । यसअघि पहिलाे, तेश्रो र चौथो संस्करणमा आमीले झापालाई हराउँदै उपाधि चुमेको थियो ।

आर्मीको झापा गोल्डकपमा चौथो उपाधि समेत हो । पहिलो संस्करणमा समेत झापा–११ लाई हराउँदै आर्मीले उपाधि जितेको थियो । आर्मीको जितमा टेकबहादुर बुढाथोकी र कप्तान जर्जप्रिन्स कार्कीले गोल गरे । झापाका तर्फबाट विमल घर्ती मगरले सान्तवना गोल फर्काए । खेलको १८ औ मिनेटमा टेकबहादुरले आर्मीलाई सुरुवाती अग्रता दिलाए । सुमन अर्यालको क्रस पासमा टेकबहादुरले उत्कृष्ट फिनिस गरे ।

३ मिनेट नवित्दै जर्जप्रिन्सले अग्रता दोब्बर बनाए । गोलरक्षक र डिफेन्सको तालमेल नमिल्दा जर्जप्रिन्सले जाली चुमाए । गोलरक्षक दिप कार्की अघि बढेको मौकामा उनले गोल गरेका थिए । २४ औ मिनेटमा विमल घर्तीले गोल अन्तर कम बनाए । उर्लिचको क्रसपासमा अनमार्क बिमलले हेडर माफर्त गोल गरे ।

दोश्रो हाफका दुवै टोलीले केही राम्रा अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । विजेता बनेको आर्मीले १२ लाख ५५ हजार प्राप्त गरेको छ । उपविजेतामा सिमित बनेको झापाले नगद ६ लाख पाँच हजार रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन्

प्रतिक्रिया
सम्बन्धित समाचार