Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कुलो भत्किएपछि राजदुवाली क्षेत्रका किसान मारमा

कुलो भत्किएपछि राजदुवाली क्षेत्रका किसान मारमा

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन २७ २०७८


कुलो भत्किएपछि राजदुवाली क्षेत्रका किसान मारमा

इलाम । इलाम नगरपालिका १० गोदक स्थित राजदुवाली क्षेत्रमा रहेको कुलो भत्किएपछि सो क्षेत्रको धानखेतमा सिंचाई असुबिधा हुँदा सयौं रोपनी धानखेत यतिखेर बाँझो अवस्थामा रहेको छ । गएको कात्तिक १ र २ गते परेको बेमौसमी अबिरल बर्षापछि गएको पहिरोले करिब पाँच किलोमिटर कुलोको बिभिन्न क्षेत्रमा भत्किएपछि सो कुलोबाट सिंचाई सुबिधा लिइरहेका कृषकहरु यतिखेर समस्यामा परेका छन् ।

वि.स २०४० साल ताका निर्माण भएको उक्त कुलो बिभिन्न समयमा मर्मत संभार गर्दै केही भागमा पक्कि समेत बनाइएको थियो । कुलोमा जोगमाई खोलाको पानी ल्याएर सिंचाई सुबिधा कृषकले गर्दै आएका थिए । कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष बुद्धमणि दुलालका अनुसार कुलो भत्किएपछि सिंचाई सुबिधाबाट बञ्चित हुँदा एकसय ५२ रोपनि भन्दा धेरै धान खेतहरु अहिले बाँझै रहेको बताए ।

सो कुलोको पानीबाट एकसय बढी कृषकहरुले सिंचाईको उपभोग गर्दै आएका थिए । तर कुलो भत्किएर सिंचाई गर्न नसक्दा धान, मकै लगायतका बाली केही पनि लगाउन नसक्दा सर्यौ रोपनि जमिन यतिखेर बाँझै रहेको स्थानीय कृषक रविन निरौलाले बताए । बेमौसमी बर्षातले कुलो भत्किएपछि पुर्न निर्माणका लागि वडा कार्यालयमा कात्तिकको तेस्रो हप्ता वडा कार्यालयमा निवेदन दिएपनि वडाले हालसम्म चासो नदिएको दुलालको भनाई छ ।

उपभोक्ताहरुले मात्रै पनि आर्थिक संकलन जुटाएर पनि पुर्ननिर्माण गर्न नसक्ने अवस्थागरी कुलो भत्किएको छ । खेतीयोग्य जमिनमा सिंचाई गर्न नसकेर जमिन बाँझै रहेपछि आफूहरुलाई खाद्यान्न संकट हुने अवस्था आएको र घरपरिवार चलाउन समेत समस्या हुने अवस्था आएको उपभोक्ताहरु बताउँछन् ।

तर यता वडा नम्बर १० कार्यलयलाइ पटक पटक जानकारी गराउदा समेत खासै वास्ता नगरेको स्थानियको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार