Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलामकी प्रिया र जेनिफर २३ सदस्यीय यू–१८ टिममा छानिए

इलामकी प्रिया र जेनिफर २३ सदस्यीय यू–१८ टिममा छानिए

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन २६ २०७८


इलामकी प्रिया र जेनिफर २३ सदस्यीय यू–१८ टिममा छानिए

इलाम । इलामकी प्रिया बस्नेत र जेनिफर रानालाई समेट्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१८ महिला च्याम्पियनशीपका लागि नेपाली टोलीको घोषणा गरेको छ । यू–१८ टिमका प्रमुख प्रशिक्षक दर्शन भक्तराजलवटले २३ खेलाडी सम्मिलित टोली घोषणा गरेको एन्फाले जनाएको छ ।

प्रिया र जेनिफर यसअघि पनि नेपालको उमेर समुहको टोलीको प्रारम्भिक सुचीमा स्थान बनाउँदै आएका थिए । यसअघि गत मंसिरमा यु–१९ साफ च्याम्पियनसिपको लागि दुवै जनालाई प्रारम्भिक टोलीमा राखिएको थियो । तर अन्तिम छनौटमा उनीहरुले स्थान बनाउन सकेनन् । यसअघि २०७६ सालमा उनीहरुले साफ यु–१५ को समेत प्रारम्भिक छनौँटमा सहभागिता जनाएका थिए ।

गत कार्तिकमा सम्पन्न उपमेयर कप राष्ट्रिय महिला लिग छनोट मा दुवै खेलाडी सहभागि थिए । च्याम्पियनशीप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ । नेपाल च्याम्पियनशीपका लागि शनिबार भारत प्रस्थान गर्नेछ । च्याम्पियनशीपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहने छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ ।नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ । दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ । यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ । शीर्ष टोलीले उपाधि जित्नेछ ।
नेपाली टोली –
सावित्री किशन, लिला जोशी, पुजा थापा, सबिना चौधरी, मन्जु कुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यस्माली मगर, दिपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रिती राई, शुनकला राई, अन्जली मचामससी, सराह बज्राचार्य, जेनिफर राना, शरिश्मा थापा, सदिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई र गरिमा राई

प्रतिक्रिया
सम्बन्धित समाचार