Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एनएमसीको ४९ औ सेवा केन्द्र नयाँबजारमा

एनएमसीको ४९ औ सेवा केन्द्र नयाँबजारमा

  • राेशन काफ्ले
  • मंगलबार, फाल्गुन २४ २०७८


एनएमसीको ४९ औ सेवा केन्द्र नयाँबजारमा

नयाँबजार । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले २९ औ बार्षिक उत्सवको अवसरमार इलामको माईजोगमाईमा सेवा केन्द्र उद्धघाटन गरेको छ । गाउँपालिकाको केन्द्र नयाँबजारमा संस्थाले आफ्नो ४९ औ सेवा केन्द्र स्थापना गरेको हो । संस्थाले नेपालमा हुने जुनसुकै रेमिट्यान्स , बचत तथा ऋण कारोबार , फण्ड ट्रान्सफर, एटिमएम तथा मोबाइल बैंकिङ्ग सुविधा , सुलभ सहकारी पसल संचालन गरिरहेको छ ।

संस्थाको चिया उद्योग अन्तर्गत नयाँ सालबाट चिया खरिद गर्ने तथा कृषि उपज सामानहरु बिक्रि तथा संस्थाले तोकेका सम्पूर्ण कामहरु संस्थाको नियममा रहेर काम गर्ने केन्द्र प्रमुख सुवास निरौलाले जानकारी दिए । संस्थाको आफ्नो २९ औ बार्षिक उत्सवको अवसरमा संस्थाको सम्पूर्ण समिती उपसमिती पदाधिकारी कर्मचारीहरुलाई शुभकामना समेत आदान प्रदान गरिएको निरौलाले जानकारी दिए।

हाल संस्थाले ३ वटा जिल्ला झापा मोरङ र इलामलाई आफ्नो कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । संस्थाको केन्द्रिय कार्यलय झापाको मेचिनगर नगरपालिका काकडभिट्टा रहेको छ । यसअघि संस्थाले फिक्कल बजार, इलाम बजार, मंगलबारेमा समेत सेवा विस्तार गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार