फिक्कल : इलामको सूर्योदय नगरपालिका–१० मा रहेको फिक्कल माध्यमिक विद्यालयमा पुर्व विद्यार्थी मञ्चको कार्यालय व्यवस्थापन गरिएको छ । २०७६ सालमा स्थापना भएको मञ्चले आज विद्यालय हाताभित्र नै कार्यालय स्थापना गरेको हो । विद्यालय र पुर्व विद्याथीहरु बिचको सम्बन्ध सुमधुर बनाउन लागि विद्यालय हाताभित्र नै कार्यालय व्यवस्थपान गरिएको अध्यक्ष दिपेन्द्र राईले बताए ।
मञ्चमा आवद्ध विद्यार्थीहरुबाट संकलित रकमबाट कार्यालयमा आवश्यक कुर्सी, सोफा, दराज लगायतको सामाग्रीहरु खरिद गरिएको थियो । फिक्कल मावि आफ्नै इतिहास बोकेको इलामको एक पूरानो विद्यालय हो । १०८ स्वामी सोमेश्वरानन्दबाट निर्माण भएको विद्यालयमा विसं १९७७ बाट संस्कृत शिक्षाबाट पठनपाठन भएको थियो ।
विसं २००३ सालबाट अंग्रेजी शिक्षा पढाइ शुरु भएको पाइन्छ । १९७७ बाट शिक्षा दिदै आएको विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ ।