Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

यू–१८ महिला साफ : इलामकी प्रिया र जेनिफर राष्ट्रिय टोलीमा समेटिए

यू–१८ महिला साफ : इलामकी प्रिया र जेनिफर राष्ट्रिय टोलीमा समेटिए

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन १५ २०७८


यू–१८ महिला साफ : इलामकी प्रिया र जेनिफर राष्ट्रिय टोलीमा समेटिए

इलाम। यू–१८ राष्ट्रिय महिला फुटबल टिममा इलामका २ खेलाडीले स्थान बनाएका छन् । बन्द प्रशिक्षणमा सहभागि प्रिया बस्नेत र जेनिफर राना मगर दुवै जनाले राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराजले प्रारम्भिक चरणमा ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए । जसमा १० खेलाडी प्रशिक्षणबाट बाहिरिएका छन् । अब प्रिया र जेनिफरले राष्ट्रिय टाेलीबाट खेल्न  अन्तिम सुचीमा  स्थान बनाउनुपर्ने हुन्छ ।

दुवै जना खेलाडीले यसअघि पनि नेपालको उमेर समुहको टोलीको प्रारम्भिक सुचीमा स्थान बनाउँदै आएका थिए । यसअघि गत मंसिरमा यु–१९ साफ च्याम्पियनसिपको लागि दुवै जनालाई प्रारम्भिक टोलीमा राखिएको थियो । तर अन्तिम छनौटमा उनीहरुले स्थान बनाउन सकेनन् ।

यसअघि २०७६ सालमा उनीहरुले साफ यु–१५ को समेत प्रारम्भिक छनौँटमा सहभागिता जनाएका थिए । गत कार्तिकमा सम्पन्न उपमेयर कप राष्ट्रिय महिला लिग छनोट मा दुवै खेलाडी सहभागि थिए । रोङ गाउँपालिका–३ कुटिडाँडाकी प्रियालाई समेट्दै सहभागिता जनाएको रोङ गाउँपालिका सेमीफाइनलबाट बाहिरिदै राष्ट्रिय लिगमा छनौट हुन असफल रहयो ।

काठमाण्डौबाट सहभागिता जनाएकी सूर्योदय नगरपालिकाकी जेनिफरको टिमले समुह चरण समेत पार गर्न सकेन् । मिडफिल्डर जेनिफर र डिफेन्डर प्रियाले इलाम र झापाका विभिन्न स्थानमा हुने प्रतियोगितामा जनता सेभेन फुटबल क्लबबाट खेल्दै आएका छन् ।

१० खेलाडी बाहिरिएसँगै अब ३० खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । भारतमा आयोजना हुने साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीले गत सोमबारबाट तयारी गरिरहेको छ । यू–१८ महिला च्याम्पियनसिपको खेल तालिका समेत सार्वजनिक भईसकेको छ । भारतको जमशेदपुरमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहने छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ । दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ । यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ । शीर्ष टोलीले उपाधि जित्नेछ ।
नेपाली टोली –
सावित्री किसान, लिला जोशी, पुजा थापा, सम्झना चौधरी, सबिना चौधरी, मन्जु कुमारी खड्का, प्रतिक्षा चौधरी, गङ्गा कुमारी चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, सिमा रावल, विपना स्नेही, दिव्या यास्माली मगर, दिपा शाही, अनु राई,

हिमा रावत, सरस्वती हमाल, प्रिती राई, सुस्मा जिटी, शुनकला राई, अन्जली मछामासी, तुलशा बोहरा, सराह बज्राचार्य, जेनिफर राना, शरिश्मा थापा, सन्दिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई, गरिमा राई

प्रतिक्रिया
सम्बन्धित समाचार