Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाममा जुनियर ग्रेडिङ सम्पन्न

इलाममा जुनियर ग्रेडिङ सम्पन्न

  • शुस्मा राई
  • आइतबार, फाल्गुन १५ २०७८


इलाममा जुनियर ग्रेडिङ सम्पन्न

इलाम । इलाम डोजोको आयोजनामा जुनियर ग्रेडिङ सम्पन्न भएको छ । सनिवार इलाम नगरपालिका भित्रका ७६ जना जुनियर खेलाडीको ग्रेडिङ सम्पन्न गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषदका इलाम जिल्ला करातेका प्रमुख प्रशिक्षक योगेश चाम्लिङ , करातेका सहायक प्रशिक्षक धर्मेन्द्र गुरुङ (शेखर), इलाम डोजोका प्रशिक्षक खगेन्द्र बाबू ठकुरी, गोदक डोजोकी प्रशिक्षक सूचना राई, सुम्बेक र जस्बिरे डोजोका प्रशिक्षक धन जित मुखिया लगायतले ग्रेडिङ गराएका थिए ।

उक्त कार्यक्रममा नेपाल कराते महासघ जिल्ला शाखा इलामको पुर्व अध्यक्ष तथा नेपाली काङ्ग्रेस जिल्ला सभापति डम्बर खड्काले इलाम नगरपालिका भित्रका खेलाडीहरुलाई तत्काल आवश्यक खेल सामग्री साथै आर्थिक सहयोग गर्ने बताए ।

इलाम नगरपालिका–७ स्थित जिल्ला खेलकुद बिकास समिति कार्यालयको खेलमैदानमा भएको कार्यक्रममा यस अघिल्लो ग्रेडिङको प्रमाणपत्र वितरण गरेको इलाम डोजोका सचिब शुसान्त चापागाईंले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार