Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा ज्योती विकास वैंकको शाखा

इलाममा ज्योती विकास वैंकको शाखा

  • सन्देश सम्बाददाता
  • शनिबार, फाल्गुन १४ २०७८


इलाममा ज्योती विकास वैंकको शाखा

इलाम । ज्योती विकास वैंकले शुक्रवारदेखि इलामवाट सेवा सुरु गरेको छ । इलाम सदरमुकामस्थित चोक वजार नजिक वैंकको शाखा स्थापना भएको हो । २०६५ सालमा स्थापित वैंकले यो संगै देशभर १ सय १२ शाखा पुगेका छन् ।

नेपाल राष्ट्र वैंकवाट ‘ख’ वर्गको इजाजत प्राप्त वैंकले जिल्लाका ग्रामिण भेगसम्म सेवा प्रदान गर्ने जनाएको छ । ‘गोरेटो बाटोले छोएको घर पनि धितो पुग्ने भए ५० लाख रुपैया“सम्म लगानी गर्ने योजना छ,’ मार्केटिङ प्रमुख वसन्त दाहालले भने ।

यो शाखा प्रदेश १ को पहाडी जिल्ला मध्ये दिक्तेलपछि दोस्रो हो । वैंकको तराई क्षेत्रमा विर्तामोड, दमक, पथरी, खोर्साने, विराटनगर, इटहरी, गाइघाट, कटारी, झुम्का र धरानमा शाखा रहेका छन् । वैंकले सरल र सहज ढंगले कम सेवा शुल्कमा सेवा प्रभाव गर्ने इलाम शाखाका प्रवन्धक अम्विका ढकालले वताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार