Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

युक्रेनसंग सिमा जोडिएका ३ देशको नाका खुल्ला, परिचय खुल्ने कागजात लिएर प्रवेश गर्न सकिने

युक्रेनसंग सिमा जोडिएका ३ देशको नाका खुल्ला, परिचय खुल्ने कागजात लिएर प्रवेश गर्न सकिने

  • टिकाराम चापागाई
  • शुक्रबार, फाल्गुन १३ २०७८


युक्रेनसंग सिमा जोडिएका ३ देशको नाका खुल्ला, परिचय खुल्ने कागजात लिएर प्रवेश गर्न सकिने

रोमानिया : युक्रेनमा उत्पन्न पछिल्लो संकटपछि छिमेकी मुलुकहरूले आफ्नो मुलुक फर्कन चाहने बिदेशी नागरिकलाई सिमा नाका खुल्ला गरेका छन् । स्लोभाकिया, पोल्यान्ड र हंगेरिले मानवियताको आधारमा आफ्नो मुलुक प्रवेशका लागि सिमा नाका खुल्ला गरेका हुन् ।

युक्रेनमा उत्पन्न पछिल्लो संकटपछि अहिले जर्मनी राजदुतावासमा १९३ नेपाली सम्पर्कमा आएका छन् । दुतावासले प्रेस विज्ञप्ती जारी गर्दै युक्रेनका विभिन्न शहरमा रहेका नेपालीहरु बर्लिन स्थित राजदुतावासको सम्पर्कमा रहेको जनाएको हो ।

युक्रेनसंग सिमाना जोडिएका मुलुकबाट निस्कन चाहने विदेशी नागरिकहरुलाई मानवियताको आधारमा प्रवेशका लागि नाका खुल्ला गरेकाले सुरक्षित तवरले नेपाल फर्कनका लागि ती मुलुकहरु तर्फ जान सकिने राजदुतावसले जनाएको छ ।

सिमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात, राहदानी वाव यात्रा अनुमती सम्बन्धमा कुनै समस्या भएमा तत्काल यात्रा अनुमतीपत्र आवश्यक भएमा राहदानीको फोटोकपी र डिजिटल फोटो नेपाली राजदुतावास बर्लिनकी तृतिय सचिव सहारा चौलागाईलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

सिमा नाकाबाटत प्रवेश गरिसके पश्चात कुनै समस्या भएमा गैर आवासिय नेपाली सघ (एनआरएन) वा नेपाली समुदायका नेतृत्वकर्ता अगुवाहरुलाई सम्पर्क गर्न समेत अपिल गरेको छ । स्लाोभाकियाका लागि जय प्रसाद शिवाकोटि , पोल्यान्डका लागि बोधराज सुवेदी र जिवनकुमार क्षेत्री तथा हंगेरिका लागि सुरेन्द्र श्रेष्ठलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार