Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नयाँबजारमा सुविधा सम्पन्न पशु बधशाला उद्धघाटन

नयाँबजारमा सुविधा सम्पन्न पशु बधशाला उद्धघाटन

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन १२ २०७८


नयाँबजारमा सुविधा सम्पन्न पशु बधशाला उद्धघाटन

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका–१ नयाँबजारमा निर्माण सम्पन्न भएको पशु बधशाला उद्धघाटन गरिएको छ । प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको ल्याब सहितको ५ कोठे बधशाला गाउँपालिका अध्यक्ष जीतबहादुर राईले उद्धघाटन गरे ।

वधशाला निर्माणमा पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुको पहलमा प्रदेश सरकारबाट ४९ लाख रुपैया प्राप्त भएको गाउँपालिका अध्यक्षका स्वकिय सचिव सन्जिव थामीले जानकारी दिए । बधशालाको उद्धघाटन मन्त्री लङ्वाबाट गर्ने तय भएपनि कार्य व्यस्तताका कारण अनुपस्थित भएपछि गाउँपालिका अध्यक्षले नै उद्धघाटन गरे ।

कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार