Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

एभरग्रीन, मोरङ्गेझोडा र माङसेबुङ बिजयी

एभरग्रीन, मोरङ्गेझोडा र माङसेबुङ बिजयी

  • लोकल सन्देश
  • सोमबार, फाल्गुन ९ २०७८


एभरग्रीन, मोरङ्गेझोडा र माङसेबुङ बिजयी

माई । इलामको माई नगरपालिका–७ मा जारी दोश्रो महमाई नकाउट पुरुष तथा महिला मिनी गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत एभरग्रीन, मोरङ्गेझोडा र माङसेबुङ बिजयी भएका छन् । प्रतियोगिता अन्र्तगत पुरुष तर्फको प्रि–क्वाटरफाइनल खेलमा एभरग्रीन लक्ष्मिपुरले डिएफसी अर्जुनधारालाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गर्न सफल रहयो ।

त्यसैगरी दोश्रो खेलमा मोरङ्गेझोडा चुलाचुलीले गुनमुने चिसापानीलाई २–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनल स्थान बनाउन सफल बन्यो । महिला तर्फको खेलमा माङ्सेबुङले पलाँसेलाई ४–० गोल अन्तरले हराउँदै सेमीफाइनल प्रवेश ग¥यो ।

प्रतियोगिता अन्र्तगत आजबाट पुरुष तर्फको क्वाटरफाइनलका खेलहरु संचालन हुँदैछन् । पहिलो क्वाटरफाइनल खेलमा चेप्टी युवा क्लबले रातेखाल युवा क्लबसंग प्रतिस्पर्धा गर्दैछ । त्यसैगरी दोश्रो खेलमा लायन्स शनिश्चरे र सहिद स्मारक सुखानी बिच खेल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार