Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई गाउँपालिकाको ११ औ गाउँसभा सम्पन्न

माईजोगमाई गाउँपालिकाको ११ औ गाउँसभा सम्पन्न

  • डम्बर कुमार निरौला
  • बुधबार, माघ २६ २०७८


माईजोगमाई गाउँपालिकाको ११ औ गाउँसभा सम्पन्न

नयाँबजार । माईजोगमाई गाउँपालिकाको ११ औ गाउँसभा बुधबार माईजोगमाई गाउँपालिकामा सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राईको अध्यक्षतामा गाउँसभा सम्पन्न भएको हो । जनप्रतिनिधिले ५ बर्ष सम्म गर्दै आएका कामको बिषयमा माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राईले प्रष्ट पारेका थिए । माईजोगमाई गाउँपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएपछि गाउँपालिकाको सबै क्षेत्रमा बिधुत पुगेको उनले बताए ।


माईजोगमाई गाउँपालिकामा जनप्रतिनिधि आए पछि गाउँपालिका क्षेत्रभित्रका बिद्यालयहरुमा कम्प्युटर सबै बिद्यालयमा पुगेको गाउँसभामा प्रस्तुत गरिएको थियो । स्वास्थ्य श्रेत्रमा उलेख्य सुधार आएको र माईजोगमाई गाउँपालिकाले कोरोनाको समयमा पनि जनतालाई बचाउनको लागि पहलहरु गरेको कुरा माईजोगमाई गाउँपालिका काम गरेको जानकारी गराइएको थियो। माईजोगमाई गाउँपालिका कर्मचारी ब्यवास्थापन ऐन पारितकको लागि गाउँसभामा पेश गरिएको थियो भने गापा सभासदहरुले ५ दिनको लागि अध्यानको लागि समय मागेपछि गाउँपालिकाको सभाबाट माईजोगमाई गाउँपालिका कर्मचारी ब्यवास्थापन ऐन ५ दिनको पछि मात्रै पारित गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत भागवतप्रसाद रेग्मीले बताए ।

माईजोगमाई गाउँपालिकामा जनप्रतिनिधि नहुदा स्टनरनेटको पहुच नभएको अवस्थामा हाल ईन्टरनेटको राम्रो ब्यवस्था रहेको छ । माईजोगमाई गाउँपालिकामा नै जेष्ठ जनप्रतिनिधि माईजोगमाई गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष भवानी प्रसाद लिङ्दमलाई सम्मान समेत गरिएको थियो । माईजोगमाई गाउँपालिका गाउँपालिकाका कर्मचारी जनप्रतिनिधि र स्थानीयको हातेमालोले यहासम्म आएको हुदा सभाबाट माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राईले पालिकाबासीलाई धन्यवाद दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार