Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

पवित्रहाङमा कप : जनता सेभेन र कनकाई भिड्दै

पवित्रहाङमा कप : जनता सेभेन र कनकाई भिड्दै

  • लोकल सन्देश
  • बुधबार, माघ २६ २०७८


पवित्रहाङमा कप : जनता सेभेन र कनकाई भिड्दै

माङसेबुङ । माङसेबुङमा जारी १२ औं संस्करणको पवित्रहाङमा कपमा जनता सेभेन र कनकाई नगरपालिका बिच खेल हुँदैछ । माङ्सेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द खेलमैदानमा जारी प्रतियोगिताको सेमीफाइनल प्रवेशका लागि झापाको कनकाई र सूर्योदय नगरपालिका इलामको जनता सेभने प्रतिस्पर्धा गर्न लागेका हुन् ।

प्रतियोगिता अन्र्तगत मंगलबारको खेलमा बिजयी बन्दै एपिएफससी माङसेबुङ सेमिफाइनल प्रवेश गरेको छ। धरान महिला फुटबल क्लब सुनसरीलाई ४–० गोलले पराजित गर्दै एपिएफसी सेमिफाइनलमा प्रवेश गरेको हो। माङसेबुङको जितमा सुजुहाङमा लिम्बू एक्लैले चार गोल गरिन्। माङसेबुङले खेल अवधिभर विपक्षीलाई निरन्तर दवावमा राखेको खेलमा वुमन अफ दि म्याच सुनसरीकी सुस्मिता राई घोषित भइन्।

उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, र दार्जिलिङ भारतका १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १ लाख ११ हजार १६६ र उपविजेताले ६६ हजार १६६ रुपैयाँ पुरस्कार पाउने छन्।

त्यस्तै‚ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ। प्रतियोगिताको फाइनल खेल भने फागुन ३ गते छ।

प्रतिक्रिया
सम्बन्धित समाचार