Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

महमाई मिनी गोल्डकप फागुन ५ बाट

महमाई मिनी गोल्डकप फागुन ५ बाट

  • सुजन ढकाल
  • मंगलबार, माघ २५ २०७८


महमाई मिनी गोल्डकप फागुन ५ बाट

माई । इलामको माई नगरपालिका–७ मा आगामी फागुन ५ गतेबाट दोश्रो महमाई खुल्ला नकाउट पुरुष तथा महिला मिनि गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । तरुण दलको आयोजनामा कपरसुक्का खेलमैदानमा प्रतियोगिता संचालन हुन लागेको हो । फागुन १४ गतेसम्म संचालन हुने प्रतियोगिताको पुरुष तर्फको बिजेताले ५१ हजार तथा उपविजेताले २० हजार सहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछ ।

त्यसैगरी महिला तर्फ विजेताले २० हजार र उपविजेताले १० हजार सहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्ने आयोजक समितिका रमेश गिरीले जानकारी दिए । प्रतियोगितामा सहभागिता जनाउन चाहने टोलीहरुले माघ २९ गतेसम्म सम्पर्क गर्नुपर्ने आयोजक समितिले जनाएको छ ।

गत बर्षको पहिलो संस्करणको प्रतियोगिता पुरुष तर्फ आयोजकले र महिला तर्फ जुनतारा झापाले जितेको थियो । आयोजकले याक्थुहाङ झापा र महिला तर्फ जुनताराले आयोजक ए लाई हराउँदै उपाधि जितेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार