Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

इलामको माइ खोलामा ५ सय मिटर लामो पक्की पुल (फोटो फिचर )

इलामको माइ खोलामा ५ सय मिटर लामो पक्की पुल (फोटो फिचर )

  • तेज बहादूर घिमिरे
  • शनिबार, माघ १५ २०७८


इलामको माइ खोलामा ५ सय मिटर लामो पक्की पुल (फोटो फिचर )

इलाम । पुल नहुँदा हरेक वर्ष माई नदीको भेलमाथि दक्षिणि इलामबासीको ज्यान जोखिमको यात्रा हुन्थ्यो । डुङ्गाको यात्रामा दुर्घटना हुँदा दर्जनौको ज्यान गएको चण्डालघाटमा पक्कि पुल बनिएपछि दक्षिणि इलामबासीको यात्रा यतिखेर सहज भएको छ ।


इलामको माइ नगरपालिकास्थित चण्डालघाटको नाम लिने बित्तिकै धेरैको आँङ सिरिङ्ग हुन्थ्यो । दर्जनौको ज्यान लिएको स्थान चण्डालघाट माथिबाट पक्की पुल निर्माण भएपछि भने दक्षिणि इलामबासीको यात्रा सहज भएको छ ।

माई नगरपालिका १ र ७ जोड्ने पुल भएर माङ्सेबुङ्ग गाउँपालिका सम्मको यात्रा गरिन्छ । माई खोलामा पुल बनेपछि खोला तर्ने क्रममा र तर्न नसकेकै कारण अब कसैको ज्यान जोखिममा हुनेछैन ।
माइखोलामा २४ करोड लागतमा पुल निर्माण भएपनि आसपासको सडक पनि पक्की बनाइएको छ । आर्थिक वर्ष २०६९÷७० बाट निर्माण शुरु भएको पुलको लम्बाई साढे पाँच सय मिटर छ । पुल निर्माण भएपछि यात्राका कालो दिनहरु हराएको माई नगरपालिका ७ का वडाध्यक्ष रामप्रसाद सदेम्बाले बताए ।


भुकम्प, भारतीय नाकाबन्दिको कारण देखाउँदै निर्माण कम्पनी पुल निर्माणमा ढिलो गरि निर्माण सकेको हो । पुलमा फूटपाथसहित नौ मिटर चौडाइ रहेको छ । पुल बनेपछि यस क्षेत्रमा उत्पादन हुने फलफूल र नगदेवालीलाई तराईको बजारसम्म पुर्याउन पनि सहज भएको स्थानीय राम बराइलीले बताए ।


इलामको दानाबारी र महमाई जोड्ने पुल नहुादा वर्षायाममा माइखोलामा डुंगा चलाएर र हिउँदमा बाँसको फड्के निर्माण गरेर आवतजावतको व्यवस्था मिलाइने गरेको थियो । माइखोलामा पुल निर्माण भएपछि दक्षिण पश्चिमी इलामसहित पाँचथरका बासिन्दालाई पनि फाइदा पुगेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार