Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

एमएफसी पान्दाम लामागाउँ गोल्डकपको फाइनलमा प्रवेश

एमएफसी पान्दाम लामागाउँ गोल्डकपको फाइनलमा प्रवेश

  • नमीन ढकाल
  • बिहिबार, माघ १३ २०७८


एमएफसी पान्दाम लामागाउँ गोल्डकपको फाइनलमा प्रवेश

इलाम । दार्जिलिङको लामागाउँमा आयोजना भइरहेको सातौ संस्करणको लामागाउँ गोल्डकपमा नेपालको मिलियन फ्रेन्डर्स क्लब (एमएफसी) पान्दाम फाइनल प्रवेश गरेको छ ।

शहिद हवलदार सत्पाल राईको स्मृतिमा भइरहेको प्रतियोगिताको दोश्रो सेमीफाइनल खेलमा सिक्किमको रेडपान्डा नाम्चीलाई २–० गोल अन्तरले हराउँदै पान्दामले कम्तीमा २ लाख भारतीय रुपैया सुरक्षित गरेको हो ।

पान्दामको जीतमा सचिन योल्मो र नयन प्रधानले गोल गरे । खेलको १५ औ मिनेटमा सचिनले अग्रता दिलाएका थिए । नयनले अग्रता दोब्बर बनाएपछि पान्दामले फाइनलमा स्थान बनाएको हो । अब उपाधिको लागि पान्दामले शनिबार मानेभञ्ज्याङ फुटबल क्लब मानेभञ्ज्याङ भारतसंग प्रतिस्पर्धा गर्नेछ ।

मानेभञ्ज्याङले झापा ११ लाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । सेभेन ए साइड प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख भारतीय रुपैया प्राप्त गर्नेछ । सेमीफाइनलमा पुग्ने टोलीहरुलाई जनही १० हजार प्रदान गरिएको छ । प्रतियोगिता लामागाउँ वेलफेयर सोसाइटीले हरेक बर्ष आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार