Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयका २५२ किसानलाई च्यापकटर, ‘सेक्स सिमेन’ वितरण गर्ने तयारी

सूर्योदयका २५२ किसानलाई च्यापकटर, ‘सेक्स सिमेन’ वितरण गर्ने तयारी

  • लोकल सन्देश
  • मंगलबार, माघ ११ २०७८


सूर्योदयका २५२ किसानलाई च्यापकटर, ‘सेक्स सिमेन’ वितरण गर्ने तयारी

फिक्कल : इलामको सूर्योदय नगरपालिकाले “कृषक संग समृद्धि अभियान” अन्तर्गत ४ बर्षको अवधिमा २५२ थान च्याप कटर वितरण गरेको छ । पशुपालक कृषकलाई ५० प्रतिशत अनुदानमा सूर्योदयले मेसिन उपलब्ध गराएको हो । पछिल्लो पटक गत आईतबार मात्र १४ वटै वडाका ७० किसानलाई वितरण गरिएको थियो ।

यो पटक एक वडाका ५ जनाका दरले कृषक लाभान्वित भएका छन् । शुरुको दुई बर्षमा मोटर बिनाको ९८ थान र पछिल्लो दुई बर्षमा मोटर सहितको १६० थान गरि २५२ किसानलाई च्यापकटर मेसिन वितरण गरिएको पशु सेवा शाखा प्रमुख विपिन सिंहले बताए।

सूर्योदय नगरपालिकाले किसानको पक्षमा थुप्रै काम गरेको भन्दै च्याप कटर वितरण कार्यक्रम प्रशंसायोग्य रहेको लाभान्वित किसानले बताए । व्यवसायिक पशुपालन गरि दुध बिक्री बाट नै आम्दानी गरिरहेका किसानका लागी यो कार्यक्रम प्रभावकारी रहेको पाईएको छ । डाला घाँसको सबै हाँका टुक्र्याएर बस्तुलाई दिँदा घाँसको मात्रा कम लाग्ने,समयको बचत हुने र मल समेत फुक्ने हुँदा अति नै उपयोगि रहेको सूर्योदय १ का किसान सुनिल कुमार शाहले बताएका छन् ।

प्रति मेसिन २७ हजार भन्दा बढी मुल्यमा खरिद गरेर सबै किसानलाई एकैपटक वितरण गर्न समस्या भएपनि प्राथमिकताका अधारमा पहिचान गरि वितरण गरिएकोमा आफुहरु खुशी रहेको सूर्योदय–९ का किसान हिमाल खड्काले बताए । घाँस कै अभावमा एक माउ मात्र गाई पाल्नु परिरहेको समस्या सुनाउँदै मेसिन पाएपछि गाईको संख्या थपेर व्यवसायिक पशुपालन गर्ने तयारी रहेको ७ नं वडाका रमेश भट्टराई सुनाएका छन् ।
गाई पालक किसानलाई “सेक्स सिमेन”

सूर्योदय नगरपालिकाले तत्काल “सेक्स सिमेन” खरिद गरि किसानलाई उपलब्ध गराउने भएको छ । नगरपालिकाको तीन बर्षको प्रयास पछि युएस क्यानडाको उत्पादन रहेको “सेक्स सिमेन” प्राप्त गर्ने सुनिश्चित भएको नगरप्रमुख रण बहादुर राईले बताएका छन् । नगर क्षेत्रका किसानले पालन गरेका गाईमा कृतिम गर्भाधान गराउँदा सफल भएमा ९० प्रतिशत उन्नत जातका बाछी उत्पादन हुने राईले बताए ।

“सेक्स सिमेन” मार्फत उत्पादन भएको पहिलो बेदको गाईले कम्तीमा २२–२४ लिटर दुध दिने विश्वास गरिएको छ । साधारण सिमेनले भन्दा सेक्स सिमेनले कृतिमा गर्भाधान गराउँदा तुलनात्मक रुपमा कम संख्यामा गर्भ रहने जोखिम भने हुन सक्ने पशु सेवा शाखाका प्रमुख विपिन सिंहले जनाएका छन् । यस सम्बन्धि वृस्तित जानकारी वडा मार्फत गराईने नगरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार