इलाम । एएफसी महिला एसियाकप अन्र्तगत भारत र चाइनिज ताईपेईबिचको खेल रद्ध गरिएको छ । भारतीय खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि खेल रद्ध गरिएको जनाइएको । एसियाली फुटबल कन्फेडेरेसनले एक विज्ञप्ती जारी गर्दै घरेलु टोलीले १३ जना खेलाडीको नामावली उपलब्ध गराउन नसकेपछि खेल रद्ध भएको जनाएको छ । नाभी मुम्बई स्थित डिवाई पाटिल रंगशालामा खेल तय भएको थियो ।
विज्ञप्तीमा भनिएको छ । ‘ कोभिड संक्रमणका केही घटनाहरु देखिएपछि भारतले चाइनिज ताईपेई विरुद्धको समुह ए को खेलमा आवश्यक न्युनतम १३ खेलाडीहरुको नामावली उपलब्ध गराउन असफल रहयो । कोभिड–१९ महामारीको समयमा एएफसीका प्रतियोगिताहरुमा लागु हुने विशेष नियमको परिच्छेद ४.१ बमोजिम भारत खेलमा सहभागि हुन असक्षम भएको छ । परिच्छेद ४.१ को पुर्ण प्रावधानहरु लागु हुनेछ ।’
सो परिच्छेद अनुुसार सहभागि टोली वा क्लबले एक जना गोलकिपर सहित १३ जना खेलाडी उपलब्ध गराउन नसकेको खण्डमा सहभागिता जनाउन नपाउने उल्लेख गरिएको छ । यस्तो अवस्थामा सहभागि टोली जिम्मेवार रहने र खेल फिर्ता लिएको मानिनेछ । आवद्ध सदस्य सघ सम्बन्धित प्रावधानको अधिनमा रहेनछन् । आएका नतिजा प्रतिस्पर्धा नियम जस्तै लागु हुनेछ ।
विज्ञप्तीमा थपिएको छ ‘ भारतले खेलमा सहभागिता जनाउन असक्षमताले एएफसी महिला एसियन कप २०२२ नियमको परिच्छेद ६ समेत सक्रिय हुनेछ ।’ परिच्छेद ६ अनुसार सहभागि टोलीले खेल फिर्ता लिएमा वा बहिष्कार गरेको अवस्थामा एएफसी महिला फुटबल समितिले निर्णय लिन सक्ने जनाइएको छ ।
खेलहरु निर्धारित समय तालिका अनुसार नै संचालन गरिने भएको छ । क्वाटरफाइनलमा समुह विजेता र उपविजेतासंगै तेश्रो स्थानमा रहेन २ उत्कृष्ट तेश्रो स्थानमा रहेका टोली छनौट हुनेछन् । घटना लागु नियम अनुसार सम्बन्धित एएफसी समितीहरुमा जानकारी गराइनेछ । एएफसीले टोलीहरू र सहभागी सदस्य संघहरूसँग उनीहरूको सबै सरोकार र सोधपुछहरूलाई समयमै समाधान गर्नका लागि प्रतियोगिता भरि खुला संचारको लाइन बनाएको छ ।
एएफसी मेडिकल टोलीले सहभागिता राष्ट्रका खेलाडी, अफिसियल र सरोकारवालाहरुको स्वास्थ्यलाई प्राथमिकता दिँदै स्थानीय आयोजक समिति र अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) संग मिलेर काम जारी राखेको जनाइएको छ । संक्रमित खेलाडीहरुलाई उपयुक्त चिकित्सा हेरचाह प्रदान गरिएको एएफसीले जनाएको छ ।
भारतले आफ्नो पहिलो खेलमा इरानसंग गोलरहित बराबरी खेलेको थियो । चाइनिज ताईपेईले समुह चरणको पहिलो खेल चीन विरुद्ध ४–० ले पराजय भोगेको थियो । एआईएफएफका अध्यक्ष प्रफुल पटेलले भने ‘हामी जत्तिकै निराश छौं कि सम्भवतः सम्पूर्ण राष्ट्र अहिले यो अवस्थाबाट हुनेछ । यद्यपि, खेलाडीहरूको स्वास्थ्य र कल्याण हाम्रो लागि सबैभन्दा महत्वपुर्ण छ । कुनै पनि परिस्थितिमा सम्झौता गर्न सकिँदैन । म सबै संक्रमित खेलाडी र टोलीका अधिकारीहरूलाई छिटो र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु । उनीहरूलाई एआईएफएफ र एएफसीले राम्रोसँग समर्थन गर्नेछन् ।’