Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

इलाम चियाबारीमा निर्माण भएको हातले जगाएको पर्यटन (फोटो फिचर )

इलाम चियाबारीमा निर्माण भएको हातले जगाएको पर्यटन (फोटो फिचर )

  • सुजन तिमल्सिना
  • बुधबार, माघ ५ २०७८


इलाम चियाबारीमा निर्माण भएको हातले जगाएको पर्यटन (फोटो फिचर )

इलाम । नेपालमा प्रथम पटक चिया रोएिको इलाम चिया कमानमा पर्यटकीय पूर्वाधार निर्माणले आन्तिरिक पर्यटका लागि आकर्षणको केन्द्र बनेको छ । इलाम नगरपालिकाले खुल्ला जिम हाउस सहित पर्यटन पूर्वाधार निर्माण भएपछि चिया बगान भ्रमण गर्ने पर्यटकको संख्या बढेको हो ।


आन्तरिक पर्यटन प्रवद्र्धन गर्न चिया खेतीको इतिहास बोकेको इलाम चिया बगानमा पर्यटन पूर्वाधार निर्माण गरिएको छ । नेपालको पोहिलो चिया बगान र कारखाना क्षेत्र घुम्न आउने पर्यटकहरुको थप मनोरञ्जनका लागि पूर्वाधार निर्माण गरिएको हो ।


चिया बगान भित्रका खुल्ला क्षेत्रहरुमा पर्यटन पूर्वाधार निर्माण गरिँदै आएको छ । इलाम नगरपालिकाले बगान क्षेत्रमा आउने पर्यटकहरुको इलाम बसाई लम्बाउनका लागि पर्यटकीय पूर्वाधार निर्माण गर्दै आएको हो । बजार क्षेत्रको चिया बगान, भालुढुङ्गा, भ्यु टावर, लभडाँडा क्षेत्रमा पर्यटक पूर्वाधार निर्माण गरिएको नगर प्रमुख महेश बस्नेतले बताए ।


चिया बगान क्षेत्रको लभ डाँडा क्षेत्रमा नेपालमा चिया खेती सुरुवात गर्ने इलामका तत्कालिन बडाहाकिम गजराजसिंह थापाको प्रतिमा सहित पूर्वाधार निर्माण गरिएको छ । गजराजसिंह थापा तत्कालिन श्री ३ प्रधानमन्त्री जंगबहादूर राणाका ज्वाई हुन् ।


इलाम चिया बगान क्षेत्रमा नगरपालिकाले खुल्ला जिम हाउस समेत संचालन गरेको छ । जिम हाउसमा दैनिक पर्यटक र इलाम बजारबासीले व्यायाम गर्दै आएका छन् ।
चियाबारी क्षेत्रमा पर्यटकसँगै बजारबासी, निजामति कर्मचारीहरु दैनिक रुपमा बिहानपख (मर्निङ वाक) गर्ने भएकाले खुल्ला जिम हाउस संचालन गरिएको हो । खुल्ला जिम हाउस चिया बगानको धुराबस्ति क्षेत्रमा निर्माण गरिएको छ ।


बगान क्षेत्रका खुल्ला ठाउँको पहिचान गरिे पर्यटन पूर्वाधार र खुल्ला जिम हाउसले निर्माणले नगरपालिकाबासीलाई भ्रमण गर्ने बानीको विकास गराइ आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने इलाम नगरपालिका योजना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार