Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाम जिल्ला लिग : रेडहर्ष लगातार दोश्रो पटक लिग च्याम्पियन

इलाम जिल्ला लिग : रेडहर्ष लगातार दोश्रो पटक लिग च्याम्पियन

  • लोकल सन्देश
  • शुक्रबार, पौस ३० २०७८


इलाम जिल्ला लिग : रेडहर्ष लगातार दोश्रो पटक लिग च्याम्पियन

इलाम । इलाममा सम्पन्न एन्फा जिल्ला ए डिभिजन लिगको उपाधि रेडहर्ष फुटबल क्लबले रक्षा गर्न सफल भएको छ । रेडहर्षले लगातार दोश्रो पटक लिगको उपाधि आफ्नो पक्षमा पारेको हो । ठुलो टुडिँखेलमा सम्पन्न फाइनल खेलमा मिलियन फ्रेन्डस् क्लब (एमएफसी) पान्दामलाई ४–० गोल अन्तरले हराउँदै रेडहर्ष लिग च्याम्पिन बन्न सफल भएको हो । रेडहर्षको जीतमा पासाङ शेर्पा र सन्तोष रम्तेलले समान २÷२ गोल गरे ।

जिल्ला लिग च्याम्पियन भएसंगै अब रेडहर्षले प्रदेश लिगमा इलामको नेतृत्व गरेर सहभागिता जनाउन पाउने भएको छ । खेलको सुरुवातदेखि पान्दाममाथि रेडहर्ष हाबी भएको थियो । खेल सुरु भएको ४ मिनेटमै पासाङ शेर्पाको गोलबाट रेडहर्षले अग्रता लिएको थियो । पान्दामका खेलाडीले रेडहर्षका खेलाडीमाथि फाउल गरेपछि शेर्पाले करिब २५ यार्डबाट प्रहार गरेको फ्रि किकमा सहजै गोलमा परिणत बन्यो ।

पान्दामका खेलाडीले पटक पटक गोल गर्ने अवसर पाएपनि सफल हुन नसक्दा लिग च्याम्पिन बन्ने सपना टुटेको छ । खेलको ३८ औं मिनेटमा सन्तोष रम्तेलले गोलरक्षक बिट भइसकेको अवस्थामा पेनाल्टी बक्स नजिकैबाट गरेको प्रहारले जाली चुम्दा रेडहर्षले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । खेलको ४१ औं मिनेटमा पान्दामका गोलरक्षक मौसम लुङ्गेली मगर रेडकार्ड खाँदै मैदान बाहिरिएपछि पान्दाम बाँकी समय १० खेलाडीमा सिमित भएको थियो ।

डिबक्सभन्दा बाहिर आएर बल हातले क्लियर गरेपछि मुख्य निर्णायक राजु थापा मगरले रातो कार्ड दिँदै प्लेयरबक्स तर्फ पठाइदिए । दोश्रो हाफमा १० खेलाडी सिमित भएपछि एमएफसी झन दबाबमा प¥यो । खेलको ६४ औं मिनेटमा पासाङले ब्यक्तिगत दोश्रो गोल गर्दै अग्रता ३–० बनाए । ६९ औं मिनेटमा रेडहर्षका खेलाडीमाथि पान्दामका गोलरक्षकले डिबक्स भित्र लडाएपछि रेडहर्षले पेनाल्टी पाएको थियो ।

पेनाल्टीमा सन्तोष रम्तेलले सहजै गोल गर्दै टिमलाई सानदार जित दिलाउनुका साथै लिग च्याम्पियन बनाउन सफल भए । सो बखत पान्दामका गोलरक्षक समेत घाईते भएका थिए । उनलाई मैदानमै सामान्य उपचारपछि थप उपचारका निम्ति इलाम अस्पतालमा ल्याउनु परेको थियो ।

लिग च्याम्पियन बनेको रेडहर्षले नगद २५ हजार पुरस्कार पाउँदा उपबिजेता पान्दामले १५ हजार रुपैंयाँ पाएको छ । क्लब ओएसिसका चैतहाङ लिम्बु उदियमान खेलाडी घोषित भए । बिजेता तथा उपबिजेता दुबै टिमलाई इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, एन्फाका केन्द्रिय सदस्य निरोज खड्गी, जिल्ला फूटबल संघका अध्यक्ष महेश श्रेष्ठ, इलाम नगर खेलकुद बिकास समितिका अध्यक्ष बिनोद श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

संघमा आबद्ध रहेका १३ वटा क्लबले लिगमा सहभागिता जनाएका थिए । प्रतियोगिताको अन्तिममा रहने २ टोली रेलिगेसनमा पर्दै बि डिभिजनमा घटुवा भएका छन् । उनीहरुको स्थान नकाउट प्रतियोगिता संचालन गरेर विजेता र उपविजेता बन्ने टोलीलाई बढुवा गरिनेछ ।

https://www.facebook.com/Localsandesh/posts/1107141196494098

प्रतिक्रिया
सम्बन्धित समाचार