Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको एन्जे काउन्टी बिच भगिनी सम्बन्ध

फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको एन्जे काउन्टी बिच भगिनी सम्बन्ध

  • लोकल सन्देश
  • बिहिबार, पौस २९ २०७८


फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको एन्जे काउन्टी बिच भगिनी सम्बन्ध

इलाम । इलामको फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको एन्जे काउन्टी नगरपालिका बिच द्विपक्षिय सहयोग आदान–प्रदान गर्दै भागिनी सम्बन्ध कायम गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौँको होटल एमबास्डर लैनचौरमा भएको एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठ र दक्षिण कोरियाको एन्जे काउन्टी नगरपालिकाका मेयरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार गाउँपालिकाका बेरोजगार युबाहरु अब दक्षिण कोरियाको एन्जे काउन्टी नगरपालिकामा कृषि कामदारको रुपमा जान पाउने छन् । इलामको पश्चिमी क्षेत्रमा दिगो र ब्यवसायिक कृषिको लागि अनुभव लिन र अहिले बेरोजगार समस्या हल गर्न सहयोगी हुने विश्वास लिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार