Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

 माङसेबुङका युबाहरु कृषि कामदारको रुपमा कोरिया जान पाउने

 माङसेबुङका युबाहरु कृषि कामदारको रुपमा कोरिया जान पाउने

  • सन्देश सम्बाददाता
  • बिहिबार, पौस २९ २०७८


 माङसेबुङका युबाहरु कृषि कामदारको रुपमा कोरिया जान पाउने

काठमाडौँ  । इलामको माङसेबुङ गाउँपालिका र दक्षिण कोरियाको एन्जे काउन्टी नगरपालिका बिच द्विपक्षिय सहयोग आदान-प्रदान गर्दै भागिनी सम्बन्ध कायम गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौँको होटल एमबास्डर लैनचौरमा भएको एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो र दक्षिण कोरियाको एन्जे काउन्टी नगरपालिकाका मेयरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार गाउँपालिकाका बेरोजगार युबाहरु अब दक्षिण कोरियाको एन्जे काउन्टी नगरपालिकामा कृषि कामदारको रुपमा जान पाउने छन् । तेस्तै सम्भाबना हेरेर गाउँपालिकाको पर्यटन र पुर्बाधार क्षेत्रमा लगानी सम्भाबना पनि बढेको गाउँपालिकाका अध्यक्ष इदिङ्गोले जानकारी दिए ।

उनले भने, “गाउँपालिकाका बेरोजगार युबाहरुलाई कृषि कामदारको रुपमा कोरिया जाने बाटो खुलेको छ,पर्यटन र पुर्बाधारमा सम्भाबना हेरेर लगानी गर्ने पनि सम्झौता भएको छ ।’ ”स्थानिय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँपालिका र एन्जे काउन्टी नगरपालिकाबिच सहयोग आदान-प्रदानको सिधा सम्झौता भएको पनि उनले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार