माई । इलामको माई नगरपालिकाकामा ५ सय भन्दा बढि बिपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत ५ सय १२ जनालाई न्यानो कपडा वितरण गरिएको हो । नमुना युवा समुह माई४ को आयोजना स्थानीय ३ सय ६० जना बिपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
देशबिदेशमा रहेका ४२ जना मनकारीहरुको सहयोगमा न्यानो कपडा बितरण गरिएको साउदी अरबमा कार्यरत माई–४ का नरकुमार मगरले जानकारी दिए । न्यानो कपडा सहयोग अन्तरगत त्रिभुवन आधारभुत बिद्यालय सुखानीमा ८० थान, दिपज्योती आधारभुत बिद्यालय कट्टेलटारमा ३५ थान, सिंहदेबी आधारभुत बिद्यालय सिजालीटार १७ थान र गरुवा आधारभुत बिद्यालय शुक्रबारे बजार २२८ थान ज्याकेट प्रदान गरिएको मगरले जानकारी दिए ।

त्यस्तै स्थानिय १८ परिवारलाई १८ थान ब्ल्याङ्केट समेत प्रदान गरिएको नमुना युवा क्लबका अध्यक्ष मनोज नेम्बाङले जानकारी दिए । यता माई–९ चिसापानीमा पनि देश बिदेशबाट संकलित रकमबाटपनि बिधालय तहमा सुईटर बितरण गरिएको छ । गुनमुने आधारभुत बिधालयमा ८४ थान र आदर्श आधारभुत बिधालयमा ६८ थान सुईटर बितरण गरिएको छ ।
थप बिधालयमा बिपन्न बिधार्थीलाई बितरण गरिने न्यानो कपडा बितरण कार्यक्रमका संयोजक राकेश तामाङले जानकारी दिए ।
