Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

माईभ्याली, त्रिवेणी र रेडहर्ष बिजयी

माईभ्याली, त्रिवेणी र रेडहर्ष बिजयी

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस २६ २०७८


माईभ्याली, त्रिवेणी र रेडहर्ष बिजयी

इलाम । इलाम जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्र्तगत छैटौ दिनको खेलमा माईभ्याली, त्रिवेणी र रेडहर्ष बिजयी भएका छन् । इलामको ठुलो टुडिखेलमा जारी प्रतियोगिताको पहिलो खेलमा माईभ्याली फुटबल क्लबले क्लब ओएसिसलाई २–१ गोल अन्तरले पराजित गर्दै महत्वपुर्ण ३ अंक बटुल्न सफल रहयो ।

खेलमा अग्रता ओएसिसले लिएको थियो । २२ औ मिनेटमा दावा लामाले अग्रता दिलाएका थिए । तर ३५ औ मिनेटमा अनुस राई र ५३ औ मिनेटमा सन्दिप सुब्बाले गोल गरेपछि ३ जीत र २ बराबरीसंगै ११ अंकको साथ माईभ्याली शिर्ष स्थानमा उक्लिएको छ । पराजित बनेको ओएसिस शिर्ष स्थान गुमाउँदै चौथोमा झरेको छ ।

त्यसैगरी दोश्रो खेलमा त्रिवेणी युवा क्लबले हेलिबोथ क्लबमाथि ३–१ गोल अन्तरको जीत दर्ता गर्न सफल रहयो । त्रिवेणीलाई जीत दिलाउन स्वदेशचन्द्र मगर, हेम सागर राई र प्रमोद घिमिरले गोल गरे । खेलको २२ औ मिनेटमा स्वदेशले सुरुवाती अग्रता दिलाए । ४१ औ मिनेटमा सागरले अग्रता दोब्बर बनाए । ६३ औ मिनेटमा प्रमोदले अग्रता ३–० बनाए । एक मिनेट नवित्दै हेलिबोथका दिवस राईले सान्तवना गोल फर्काए ।

जीतसंगै ५ खेलबाट ३ जीत र १ बराबरी निकाल्दै १० अंकको साथ त्रिवेणी दोश्रो स्थानमा उक्लिएको छ । लिगको ५ वटै खेलमा पराजय व्यहोरेको हेलिबोथ रेलिगेसन जोनमा रहेको छ । त्यसैगरी आजको अन्तिम खेलम रेडहर्ष क्लबले हेल्लो जसबीरेलाई २–१ गोल अन्तरले हराउँदै ३ अंक बटुल्यो । रेडहर्ष क्लब ५ खेलबाट २ जीत र ३ बराबरीसंगै ९ अंकको साथ तेश्रो स्थानमा उक्लिएको छ ।

उसले गोल अन्तरको आधारमा क्लब ओएसिसलाई पछि पारेको हो । पराजयसंगै जसबीरे रेलिगेसनमा पर्ने सम्भावना प्रवल देखिएको छ । उसले ५ खेलमा १ मात्र जीत निकाल्दै ३ अंक बटुलेको छ । ५ खेलबाटै २ जीत र २ बराबरीसंगै ८ अंकको साथ देउराली स्र्पोटिङ क्लब पाँचौ स्थानमा छ ।

प्रतियोगिताको अन्तिम चरणको खेलमा त्रिवेणी युथ क्लब र देउराली स्र्पोटिङ क्लब पहिलो खेलमा भिड्दैछन् । त्यसैगरी रेडहर्ष र क्लब ओएसिस तथा हेलिबोथ र हेल्लो जसबीरे भिड्दैछन् । भोलीका सुरुवाती २ खेल उपाधि छिनोफानो र शिर्ष ३ का लागि हुनेछ । त्यसैगरी अन्तिम खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार