Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सूर्योदय मेयर कप : उपाधिको लागि वडा नं ११ र १२ भिड्ने

सूर्योदय मेयर कप : उपाधिको लागि वडा नं ११ र १२ भिड्ने

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस २२ २०७८


सूर्योदय मेयर कप : उपाधिको लागि वडा नं ११ र १२ भिड्ने

पान्दाम : इलामको सुर्योदय नगरपालिका–९ पान्दाममा जारी प्रथम वडा स्तरिय सूर्याेदय मेयर कप फुटबल प्रतियोगिताको उपाधिको लागि वडा नं ११ र १२ प्रतिस्पर्धा गर्ने भएका छन् । आज सम्पन्न सेमीफाइनलका खेलमा बिजयी बन्दै दुवै टोली उपाधि होडमा प्रवेश गरेका हुन् ।

पहिलो सेमीफाइनल खेलमा उपाधिको दाबेदार वडा नं १० माथि ३–१ गोल अन्तरको जीत निकाल्दै वडा नं १२ ले फाइनलमा स्थान बनायो । त्यसैगरी दोश्रो सेमीफाइनल खेलमा वडा नं ११ ले वडा नं १ माथि ४–० गोल अन्तरको जीत निकाल्यो । प्रतियोगिताको फाइनल खेल आगामी पुष २५ गते हुनेछ ।

प्रतियोगिताको फाइनल खेलमा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा र लिग संयोजक विज्ञानराज शर्मा आउने आयोजक सूर्योदय खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख र उपविजेताले ६० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । पुष १० गतेबाट मिलियन फ्रेन्डस क्लबको संयोजनमा प्रतियोगिता संचालन भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार