Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाम जिल्ला ए डिभिजन लिग : क्लब ओसिस र माईभ्याली बिजयी

इलाम जिल्ला ए डिभिजन लिग : क्लब ओसिस र माईभ्याली बिजयी

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस २२ २०७८


इलाम जिल्ला ए डिभिजन लिग : क्लब ओसिस र माईभ्याली बिजयी

इलाम । इलाम जिल्ला ए डिभिजन लिग फुटबल अन्र्तगत क्लब ओसिस र माईभ्याली फुटबल क्ल्ब बिजयी बनेका छन् । लिग अन्र्तगत दोश्रो चरणको पहिलो खेलमा क्लब ओसिसले हेल्लो जसबीरेलाई २–० गोल अन्तरले पराजित गरेको छ । ओसिसको जीतमा खेलको दोश्रो र ३२ औ मिनेटमा सुरज दाहालले गोल गरे ।

त्यसैगरी दोश्रो खेलमा रेडहर्ष इलाम र देउराली स्र्पोटिङ क्लब सन्दकपुरले गोलरहित बराबरी खेले । अन्तिम खेलमा माईभ्याली फुटबल क्लबले त्रिवेणी युथ क्लब मंगलबारेलाई १–० ले पराजित गर्न सफल रहयो । माईभ्यालीलाई महत्वपुर्ण ३ अंक दिलाउन खेलको ३२ औ मिनेटमा अंकित दासले निर्णायक गोल गरे ।

दोश्रो चरणको खेल सम्पन्न भएसंगै क्लब ओसिस शिर्ष स्थानमा रहेको छ । देउराली स्र्पोटिङ क्लब ४ अंकको दोश्रो स्थानमा रहेको छ । समान अंक भएपनि गोल अन्तरको आधारमा माईभ्याली फुटबल क्ल्ब तेश्रो स्थानमा रहेको छ । दुवै खेल बराबरी खेलेको रेडहर्ष २ अंकको साथ चौथो स्थानमा छ ।

जसबीरे, त्रिवेणी र हेलिबोथले अंक बटुल्न सकेका छैनन् । प्रतियोगिताको तेश्रो चरणको पहिलो खेलमा जसबीरेले त्रिवेणी युथ क्लब, हेलिबोथले माईभ्याली फुटबल क्लब र क्लब ओसिसले देउराली स्र्पोटिङ क्लबको सामना गर्दैछ । प्रतियोगिताको शिर्ष २ ले सेमीफाइनलमा स्थान बनाउनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार