इलामको सूर्योदय नगरपालिकाका आयोजित प्रथम वडा स्तरिय मेयर कपको आजको खेलमा वडा नं ११ र १२ बिजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा वडा नं ११ ले वडा नं १४ लाई २–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनल स्थान बनाउन सफल रहयो ।
त्यसैगरी दोश्रो खेलमा जित निकाल्दै वडा नं १२ ले समेत सेमीफाइनलमा स्थान पक्का गर्न सफल भयो । वडा नं १२ ले वडा नं १३ माथि ५–१ गोल अन्तरको जित निकाल्यो । प्रतियोगिता अन्र्तगत भोली (विहिबार) सेमीफाइनका दुवै खेलहरु हुनेछन् । पहिलो खेलमा वडा नं १० र वडा नं ११ तथा वडा नं १२ र वडा नं १ बिच प्रतिस्पर्धा हुनेछ ।

गत पौष १० गतेबाट सुरु भएको प्रतियोगिता पुष १७ गते समापन गर्ने भनिएपनि मौसम प्रतिकुल बनेपछि लम्बिएको हो । प्रतियोगिताको फाइनल खेल पौष २५ गते हुनेछ । सूर्योदय नगर भित्रका १४ वटा वडाको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमलाई नगद १ लाख र उप विजेता टिमलाई नगद ६० हजार सहित ट्रफि प्रदान गरिनेछ ।
प्रतियोगिताको फाइनल खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा आउने आयोजक सूर्योदय नगर खेलकुद विकास समितिले जनाएको छ ।
https://www.facebook.com/Localsandesh/posts/1101897967018421