Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा बस्नेत नियुक्त

राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा बस्नेत नियुक्त

  • लोकल सन्देश
  • बुधबार, पौस २१ २०७८


राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा बस्नेत नियुक्त

काठमाडौं । राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद‍्को बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा नियुक्त गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषद‍्को उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा। दामोदर रेग्मीको नेतृत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो ।

गत पुस १ गते युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मन्त्रिस्तरीय निर्णयबाट सिफारिस समिति गठन गरी सोही समितिको सिफारिसमा मन्त्रिपरिषद् बैठकले बस्नेतलाई नियुक्त गरेको हो । उपाध्यक्षको कार्यकाल चार वर्षको हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार