फिक्कल । लोपोन्मुख लेप्चा जातिको नयाँ वर्ष अर्थात नामवन पर्वको उपलक्ष्यमा पौष १९ गते सोमबार स्थानीय बिदा दिइएको छ । इलामको सूर्योदय नगरपालिकाको १३३ औँ कार्यपालिका बैठकले उक्त दिन स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
नगर कार्यपालिकाको कार्यलय,वडा कार्यलय,नगर भित्रका शिक्षण संस्था तथा सम्पूर्ण सार्वजनिक निकायहरु आकस्मिक सेवा बाहेक विदा रहने निमित्त प्रमुख प्रशासकिय अधिकृत योगनिधि भट्टराई द्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ । लेप्चा समुदायले नयाँ वर्ष अर्थात नामवन पर्वको उपलक्ष्यमा सोमबार फिक्कलमा बिषेश कार्यक्रम गर्ने जनाईएको छ ।
सूर्योदय नगरमा लोपोन्मुख लेप्चा समुदायको बाक्लो बसोबास छ। २०६८ सालको जनगणनाअनुसार नेपालमा लेप्चाको जनसंख्या ३ हजार ४ सय ४५ छ। यसमध्ये सूर्योदय नगरमा मात्रै २ हजार २ सयहारी लेप्चाको बसोबास छ। पछिल्लो समय उनीहरूमध्ये केही अस्थायी बसोबासका लागि र कतिपय चाहिँ बसाइँ नै सरेर अन्य जिल्लासम्म पनि गइरहेका छन्। तथ्यांकअनुसार ३ हजार २ सय ६४ ग्रामीण र १ सय ८१ लेप्चा सहरी क्षेत्रमा बस्छन्।