माबु । इलामको सन्दकपूर ४ स्थित माबुको गुरुङ्ग गुम्बा क्षेत्रमा बृहत तमू गुरूङ ल्होसार सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ । ऋषि तमु गुरुङ्गको अध्यक्षतामा भएको बृहत तमू गुरूङ ल्होसारको तमू ह्यूल छोज धी गुरूङ राष्ट्रिय परिषद इलामका अध्यक्ष दिपक गुरुङ प्रमुख आथित्यता र विशेष अतिथिमा सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईको उपस्थिति रहेको थियो । ल्व ल्हो गाई वर्गलाई बिदा गर्दै तो ल्हो बाघ वर्ग आगमनको नयाँ बर्षको सुभारम्भमा ल्होसार पर्वमा सरकारले सार्वजनीक बिदा दिएको थियो ।

काथोग नामनाङ होशेल छ्योलिङ्ग गुम्बामा तमु ल्होसार युवा समिति सन्दकपूर गाउँपालिका ४ को आयोजनामा भएको नयाँ वर्षको सुभकामना र ल्होसार सास्कृतिक कार्यक्रममा विभिन्न कलाकारले आफ्नो कला प्रस्तुत गरेका थिए । सास्कृतिक कार्यक्रममा नायिका उर्मिला गुरुङ्ग, इन्द्र गूरुङ्ग, गायक मिन गुरुङ्ग, दिपेन गुरुङ्ग, गायक बिजय राई, गायक भुपेन्द्र राई, निर्देशक भुपेन्द्र राई उर्मीला गुरूङ र अस्मिना गुरूङ लगायतले आफ्नो प्रस्तुतिबाट उपस्थितलाई मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा कर्मठ ब्याण्ड सन्दकपूर ५ जमुनाको प्रस्तुतीले संगीतमय भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा तमू ह्यूल छोज धी गुरूङ राष्ट्रिय परिषद इलामका अध्यक्ष दिपक गुरुङले आदिवासी जनजातिहरुको पर्वमा दिँदै आएको बिदा केपि ओली नेतृत्वको सरकारले काटेको र अहिलेको सरकारले पुनः बिदा दिने निर्णय गरेकोमा स्वागतयोग्य रहेको बताए । सबै जातिको फुलबारीको रुपमा रहेको नेपालका सबै पर्वहरुमा बिदा दिनुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै बिषेश अतिथि सन्दकपूर गाउँपालिका अध्यक्ष उदय राईले आदिवासी जनजातिको भाषा र संस्कृति संरक्षणका लागि गाउँपालिका तयार रहेको बताए । आदिवासी जनजातिको अधिकार, भाषा र संस्कृति संरक्षणमा सबै मिलेर काम गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सह सचिव देवेन्द्र सुवेदी, सन्दकपूर अध्यक्ष तुलाराम गुरुङ्ग, वडा नम्बर ४ का वडाध्यक्ष वक्तमान गुरुङ्ग, साविक माबु गाविकास पुर्व अध्यक्ष ढाल बहादूर गुरुङ्ग लगायत सन्दकपूर गाउँपालिका भित्रका विभिन्न जातिहरुको उपस्थिति रहेको थियो ।
हेर्नुहोस थप तस्बिरहरु :







