नयाँबजार । इलामको माईजोगमाई गाउपालिकामा जेष्ठ नागरिकहरुलाई कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । माईजोगमाई गाउपालिकाको आयोजनामा र प्रत्येक वडाको जेष्ठ नागरिक समुहको सहयोगमा जेष्ठ नागरिकहरुलाई न्यायो कपडा वितरण कार्यक्रम सुरु भएको गाउपालिका अध्यक्ष जित बहादूर राईले बताए । माईजोगमाई गाउपालिकाको ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई कपडा वितरण गरिने राईले बताए । बुधबारबाट सुरुभएको कार्यक्रम ६ वटै वडामा नियमित संचालन हुनेछ । न्यानो कपडा वितरण बुधकार ३ र ४ नंम्बर वडामा गरिएको गाउँपालिकाका संजिव थामिले बताए ।
। जाडो महिना सुरु भए सगै जेष्ठ नागरिकहरुलाई चिसो बाट थोरै भए पनि जोगाउन यस्तो कार्यक्रम ल्याइएको माईजोगमाई गाउपालिका प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मीले बताए । चिसो धेरै बडेको अवस्थामा बृद्ध अवस्थामा पुगेका बा आमाहरुलाई गाउपालिकाकै कार्यक्रम अंतरगत न्यायो कपडा वितरण गरेर थोरै भएपनी चिसोबाट बचाउन मद्दत पुग्ने रेग्मीले बताए ।
प्रत्येक वडाबाट ६० बर्ष माथिका १५ जना महिला र १५ जना पुरुष गरेर ६ वटा वडाबाट जम्मा १ सय ८० जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्ने माईजोगमाई गाउपलिकाको योजना छ । ३ र ४ नं वडामा गाउपालिका अध्यक्ष जित बहादुर राई वडाका वडाध्यक्ष जनप्रतिनिधिहरुले जेष्ठनागरिकहरुलाई कपडा वितरण गरेका हुन । गाउँ पालिकाले सधै चिसो मौसममा जेष्ठनागरिक लक्षित कार्यक्रमहरु गर्दै आएको छ । यता चिसो धेरै भएका कारण गाउपालिकाले कपडा दिएर सहयोग गरेकोमा खुसी लागेको वृद्धवृद्वाहरुले बताए ।