Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मनकामनाको वार्षिक साधारणसभा सम्पन्न

मनकामनाको वार्षिक साधारणसभा सम्पन्न

  • गोपाल गिरी
  • शनिबार, पौस १० २०७८


मनकामनाको वार्षिक साधारणसभा सम्पन्न

कन्याम । इलामको सुर्योदय नगरपालिका– ६ कन्याममा रहेको श्री मनकामना दुग्ध सहकारी संस्थाको २४ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष लेखनाथ दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका शेयर सदस्य ,दुग्ध कृषक तथा पुर्वकर्मचारी हरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

साधारणसभालेमा लेखा समिति संयोजक द्वारिकाप्रसाद पोख्रेलले २९ लाख ६८ हजार ५ सय ७५ रुपैया  बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसै गरि कृषक चन्द्रबहादुर मोक्तान ,बेदप्रसाद घिमिरेले दुग्ध कृषकका विविध समस्याहरु केलाउदै दुख गरे अनुसार दुग्धको मूल्य नपाएको गुनासो गरे ।

संस्थामा आवद्ध कृषक हरु मध्ये ३ विधामा उत्कृष्ट घोषणा गर्दै पुरस्कृत समेत गरिएको छ । जसमा सरसफाइमा जोगेन्द्र तामाङ ,गुणस्तर तर्फ प्रेम तामाङ र आर्थिक वर्ष अवधि भर निरन्तर दुग्ध संस्थामा विक्री गरे बापत वेदप्रसाद घिमिरे लाई एक एक थान वाल्टिन पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

त्यसै गरि संस्थामा ८ बर्ष कार्य गरेका पुर्व कर्मचारी तथा स्थानीय भाग्योदय आधारभूत विद्यालयका प्रधानाध्यापक तेजराज आचार्यले संस्थामा कार्यरत रहदा भोग्नुपरेको अनुभवहरु सुनाएका थिए । कार्यक्रममा शेयर सदस्यहरुलाइ शेयर बोनस समेत वितरण गरिएको थियो ।

कार्यक्रम सन्चालन व्यवस्थापक वीरवहादुर भुजेलले गरेका थिए । २०५४ सालमा स्थापित यस संस्थाले विगत वर्ष हरुमा दैनिक ४५० लिटर सम्म दुग्ध संकलन तथा विक्री गर्दै आएकोमा पछिल्लो समय किसान पलायनले उत्पादन घट्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरे ।

कृषकहरु गाई पालन व्यवसाय बाट पलायन हुँदै अन्य रोजगारीको माध्यम खोज्दा कन्याम क्षेत्रमा दुध उत्पादन घटेकोमा किसानहरुले चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार