Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोङमा मोवाइलबाट गर्भवती र सुत्केरी विवरण

रोङमा मोवाइलबाट गर्भवती र सुत्केरी विवरण

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस ९ २०७८


रोङमा मोवाइलबाट गर्भवती र सुत्केरी विवरण

रोङ । महिला स्वास्थ्य स्वयसेवीका हरुले गर्ने रिपोर्टिङलाइ प्रभावकारी बनाउन मोबाइलबाट म्यासेज आदान प्रदान सेवालाई तिव्रता दिइएको छ । करुणा फाउण्डेसनको सहयोगमा इलामको रोङ गाउँपालिकाका सबै महिला स्वयमसेविकाहरुलाई मेडिक मोबाइल सफ्टवेयर वाट रिपोटिङ हुन थालेको हो ।

यो सिस्टममा गर्भवती महिला र सुत्केरी महिलाको बिवरण मोबाइलको म्यासेज मार्फत स्वयमसेविकाले रिपोर्ट गर्न सक्ने ब्यवस्था रहेको छ । यस अघि बाट नै यो सेवा सञ्चालनमा रहे पनि केही परिस्कृत रुपमा परिबर्तन भएकाले यतिबेला धमाधन तालिम दिने काम भइरहेको छ । रोङ गाउँपालिकाको कोल्बुङ स्वास्थ्य केन्द्र इरौटार स्वास्थ्य केन्द्र, शान्तिपुर र जिर्मले स्वास्थ्य केन्द्रमा यो सेवा सञ्चालन गरिदैछ ।

गाउँपालिकामा ६८ जना महिला स्वास्थ्य स्वयमसेविका कार्यरत रहेका छन् । प्रत्येक स्वयमसेविकालाई एक एक थान मोबाइल उपलब्ध गराइएको छ । उपलब्ध भएको मोबाइल बिग्रिएको अन्य मोबाइल बाट पनि यो सेवा सञ्चालन गर्न सकिने रोङ गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक नरेन्द्र कुमार देबले बताए । बिग्रिएको मोबाइल मर्मत गर्ने तथा नयाँ किनेर दिने काम समेतको सेवा उपलब्ध गराउने तयारी भइरहेको पनि उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार