Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सह-सम्पादक ढकाललाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान

सह-सम्पादक ढकाललाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस ४ २०७८


सह-सम्पादक ढकाललाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान

इलाम । लाेकल सन्देश अनलाइनका सह-सम्पादक  नमिन ढकाल युवा तथा खेलकुद मन्त्रालयबाट सम्मानित भएका छन्।
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले राजधानी बाहिर बसेर  पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कृत गरेको हो। ढकाललाई प्रदेश १ बाट सम्मान गरिएकाे छ ।
आज सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग महतराजले नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गरेका थिए ।
मन्त्रालयले खेलकुदको विकास र विस्तारमा योगदान पुर्‍याएको भन्दै मन्त्रीस्तरीय निर्णय भएबमोजिम ढकाललाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको हो। मन्त्रालयले ५० हजार राशीकाे खेलकुद पत्रकारिता पुरस्कारबाट १ जना, प्रत्येक प्रदेशबाट १/१ जना तथा समावेश तर्फ २ जनालाई जनही २५ हजार प्रदान गरेकाे हाे ।
त्यसैगरि  इलामकै उसु खेलाडी जुनी राई सहित खेलाडी, रेफ्रिलाई १/१ लाख र प्रशिक्षकलाई ५०/५० हजार प्रदान गरेकाे छ । प्रशिक्षक बिधामा २ जना रहेपछि दामासाहि रूपमा नगद पुरस्कार दिइएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार