माई । इलामकाे माई नगरपालिका-४ शुक्रबारेमा जारी प्रथम गरूवा कपमा केएफसी माई नगरपालिका-५ र एएफसी क्लब बिजयी भएका छन् । शुक्रबार सम्पन्न खेलमा केएफसीले लक्ष्मीबाधलाई ४-० ले हरायाे । जितसंगै टिम फाइनल प्रवेश गरेकाे छ ।
त्यसैगरी दाेश्राे खेलमा एफसीले अखिल नेपाल खेलकुद महासंघलाई टाईब्रेकरमा हराएकाे हाे । आज दाेस्राे सेमिफाइनलमा एएफसीले सितली एफसीकाे सामना गर्दैछ ।
नमुना युवा क्लबको आयोजनामा जारी प्रतियोगितमा इलाम र झापाका १६ टिमको सहभागिता रहेको छ । पुष ५ गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
व्यक्तिगत विधामा समेत पुरस्कार दिइने जनाइएको छ । प्रतियोगिताकाे लागि ट्रफि र मेडल साउदी अरबमा रहेका माई नगरपालिका-४ का नरकुमार मगरले उपलब्ध गराएका छन् ।