Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

प्रथम गरुवा कप : अखिल नेपाल खेलकुद महासंघ बिजयी

प्रथम गरुवा कप : अखिल नेपाल खेलकुद महासंघ बिजयी

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर २९ २०७८


प्रथम गरुवा कप : अखिल नेपाल खेलकुद महासंघ बिजयी

माई । इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा जारी प्रथम गरुवा कप खुल्ला फुटबल प्रतियोगितामा अखिल नेपाल खेलकुद महासंघ बिजयी भएको छ । प्रतियोगिताको पहिलो खेलमा महासंघले गरुवा ड्राइभिङ सेन्टरलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

त्यसैगरी आज नै भएको नवविहान माई नगरपालिका–१ र कालिखोला फुटबल क्लब माई नगरपालिका–५ बिचको दोश्रो खेल समय अभावका कारण निर्णयमा पुग्न नसकेपछि भोली (विहिबार) खेलाइने भएको छ । निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि समय अभावका कारण विहिबार टाइब्रेकरबाट बिजेता घोषणा गरिने क्लबका अध्यक्ष मनोज नेम्बाङले बताए ।

प्रतियोगिताको भोलीको खेलमा सितली फुटबल क्लब र शहिद स्मारक सुखानी तथा लक्ष्मीबाध टिम र माई–६ बिच हुने जनाइएको छ । नमुना युवा क्लबको आयोजनामा जारी प्रतियोगितमा इलाम र झापाका १६ टिमको सहभागिता रहेको छ । पुष ५ गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । व्यक्तिग विधामा समेत पुरस्कार दिइने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार